डा केसी छैटौँ पटक आमरण अनशनमा

133

काठमाडौँ, ७ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसी छैटौँ पटक आजदेखि अस्पतालमा आमरण अनशन बस्नुभएको छ ।

समग्र चिकित्सा क्षेत्र सुधारका विभिन्न आठबुँदे मागसहित अपराह्न ४ बजेदेखि केसीले आमरण अनशन सुरु गर्नुभएका केसीको त्रिविलगायत सबै विश्वविद्यालय र प्रतिष्ठानमा दलीय भागबन्डा नभई वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गरिनुपर्नेलगायत माग छन् ।
त्यस्तै चिकित्सा कलेजको सम्बन्धन र सिट निर्धारणका लागि अनुगमनका बेला देखाइएको फर्जी बिरामी र नक्कली भौतिक पूर्वाधारको छानबिन गरिनुपर्ने, चिकित्सा विश्वविद्यालय विधेयक तत्काल संसदमा पेस गरिनुपर्ने, झन्डै एक वर्षदेखि पठनपाठन बन्द भएको जानकी मेडिकल कलेजका विद्यार्थीको व्यवस्थापन गरी दोषीलाई कानुनबमोजिम कारबाही गरिनुपर्नेलगायत माग छ ।

डा केसीले शिक्षा क्षेत्रमा सुधार हुने विश्वासका साथ आन्दोलन सुरु गरेको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गरिनुपर्ने बताउनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here