आइपिएल उपाधि मुम्बई इण्डियनन्सलाई

301

जेठ ११, काठमाडौं (कास) । आठौं संस्करणको इण्डियन प्रिमियर लिगको उपाधि मुम्बई इण्डियनन्सले जितेको छ । आइतबार इडन गार्डेन स्टेडियममा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्सलाई ४१ रनले हराउँदै उपाधि हात पारेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो, भने २०३ रनको लक्ष्य लिएको चेन्नई सुपर किङ्स १५० रनमा चित्त बुझाउनु परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here