नाटक ‘बिम्बाका सपना’को मञ्चन साउन ३ गतेसम्म हुने

420

काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा असार ११ देखि मञ्चन भइरहेको नाटक ‘बिम्बाका सपना’को मञ्चन मिति लम्ब्याएर साउन ३ गते आइतबार सम्म मञ्चन गरिने भएको छ । असार २९ गतेसम्मको लागि तय भएको मञ्चन मिति साउन ३ सम्म लम्बिएको हो । यससंगै थप गएिको चार दिनको हरेक दिन नाटक दुई शो हुने छ ।

वर्षको सुरुवातीमा आएको भुईंचालोबाट आएको मानसिक तनावका बाबजुद पनि सात तले नाटक घर ‘थिएटर मल’ मा दर्शकहरुको उल्लेख्य उपस्थितिबाट उत्साहित भएर नाटक हेरेकाले नाटक मञ्चनको मिति थपिएको आयोजकले जनाएको छ ।

थिएटर आकार र थिएटर मलको संयुक्त प्रस्तुति रहेको नाटक बिम्बाका सपनालाई प्रा.डा. अभि सुवेदीले लेखेका हुन भने घनश्याम श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका छन् । नाटकमा सुष्मा कोइरालाको एकल अभिनय देख्न पाइन्छ । साथमा सुमन कोइराला, रविना श्रेष्ठ, विवेक गोपाली, विशाल डोटेल, प्रज्वला डंगोल, अञ्जनी भरतवाल, शंकर भण्डारीले छायाँ दृश्य (स्याडो प्ले) रहेको छ ।

बिम्बाका सपना बिम्बा उर्फ यशोधरा र छोरा राहुललाई सिद्धार्थ गौतमले छोडेर मध्यरातमा गएपछि बिम्बाले एउटा पत्नी भएर बसेको अलिखित, कसैले चर्चा नगरेको समयको कथा हो । पति विना नाबालक शिशुलाई अनेकन प्रश्नहरुको सामना गर्दै दरबारभित्र एकल महिलाले भोगेको कथा यसमा छ । नारी संवेदनालाई प्रमुख विषय बनाएर सिद्धार्थ गौतमलाई पनि अर्को कोणबाट हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here