जेठ १५, भूकम्प पीडितको सहयोगका लागि मलेशियामा हुने क्रिकेटमा श्रीलङ्काका क्रिकेटर लासिंथ मालिङ्गाले विश्व–११ तर्फबाट नेपालविरुद्ध खेल्ने भएका छन् । मलेशियाको किनरारा ओभल मैदानमा हुने सो खेल भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग जुटाउने उद्धेश्यले खेल्न लागिएको हो ।
Source: अन्नपूर्ण पोस्ट