नेपाल रेडक्रस ५३ औ वर्षमा प्रवेश, मुलुकभर भब्य कार्यक्रम गरि मनाइयो

283

काठमाडौ÷ नेपाल रेडक्रस सोसाईटीले आफ्नो स्थापनाको ५३ औ वर्षको अवसरमा शनिबार देश भरी विभिन्न कार्याक्रमको आयोजना गरी रेडक्रस दिवस मनाएको छ ।

रेडक्रसको सिद्धान्त व्यवहारमा भन्ने नारका साथ आयोजना गरिएको कार्यक्रममा रक्तदान, स्वयमसेवकको पुनर्मिलन, रेडक्रसका सिद्धान्तहरुको महत्व र व्यवहारिक पक्षको चर्चा गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाको सभापतित्व तथा हरिप्रसाद न्यौपानेले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सभापति धाख्वाले जीवन रक्षा, स्वास्थ्य सुरक्षा, सशक्तिकरण, भेदभाव न्यूनिकरण र सोचमा परिवर्तनका लागि नेपाल रेडक्रस जुनसुकै अवस्थामा पनि प्रतिवद्ध रहेको बताए ।
रेडक्रसका आधारभुत सिद्धान्त सहित मानवता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता अनुरुप हाल ७५ वटै जिल्लामा शाखा विस्तार गरेको नेपाल रेडक्रस सोसाईटीका १४ हजार ४० भन्दा बढी उप शाखा, र ६ हजार भन्दा बढी जुनियर रेडक्रस सर्कलहरु रहेका छन् । त्यस्तै ११ लाख रेडक्रस सदस्यहरु देशभर क्रियाशील रहेका छन् ।

विं सं. २०२० भदौ १९ गते औपचारिक रुपमा स्थापना भएको नेपाल रेडक्रस सोसाईटीले विपद व्यवस्थापन, एम्बुलेन्स सञ्चालन, प्राथमिक उपचार, तालिम, भूकम्प आउँदा अपनाउनुपर्ने सुरक्षा नीति जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
नेपाल रेडक्रस सोसाईटीले हाल देशका १९ स्थानमा रहेका आँखा अस्पताल तथा स्याहार केन्द्र, एक सय एक रक्तसञ्चार केन्द्र, एक सय ७३ एम्बुलेन्स सेवा स्टेशन र विभिन्न १२ स्थानमा रहेका गादामघरहरु मानविय सेवा गतिविधि सञ्चालन गर्न र समुदायमा परिचित हुन सहयोगी भएका छन् । त्यस्तै प्रकोप पूर्व तयारी, स्वास्थ्य प्रवर्धन लगाएतका विभिन्न ६० भन्दा बढी मोडलहरुका गतिविधि मुलुकभर सञ्चालनमा रहेको रेडक्रसले जनाएको छ ।

रेडक्रसले बैशाख १२ गते गएको विनाशकारी भूकम्पका बेला ३८ लाख भन्दा बढी मानिसहरुलाई तत्काल राहतको व्यवस्था गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here