नेपाली सेनाको नयाँ नेतृत्वबाट के आशा गर्ने ?

232
  • निमकान्त पाण्डे

आज भदौ महिनाको २४ गतेको दिन, १४ जना मित्रहरूका साथ म चीनको सिचुवान प्रान्तको वान्च जिङ्ग जिल्लाको येंग सियुध गाउँमा आइपुगेको छु । मेरो देश यतिबेला हत्या, हिंसा र विपत्तिको अवस्थाबीच गुज्रिइरहेको छ । आजैका दिनदेखि नेपाली सेनाको प्रधानसेनापतिमा नयाँ व्यक्तिले फुली लगाउँदैछन् । देश पूर्णरूपमा अराजकतातिर उन्मुख छ । देशलाई विखण्डन गराउन खोज्नेहरू दक्षिणतिरको छिमेकी मुलुकबाट प्रशिक्षित र प्रोत्साहित भैरहेका छन् । यस्तो अवस्थामा हाम्रो देशका राजनीतिक दलहरू आपसमा विभाजित भइरहेका छन् । देशको हित हुने कुरामा दलहरूले साझा दृष्टिकोण बनाउन नसक्दा झन्पछि झन् स्थिति अनियन्त्रित बन्दै गइरहेको छ । देश संकटमा प¥यो भने सबैले मुख ताक्ने शक्ति भनेको देशको सेना हो । हाम्रो देशको सेना राष्ट्रप्रति कति जिम्मेवार छ भन्ने कुरा अग्निपरीक्षा जस्तो बनिरहेको छ यतिबेला । म चीनको रमणीय भूमिमा रमाइरहँदा पनि आङ्खनो देशको अवस्थाका सम्झनाले पटक–पटक गम्भीर बनिरहन्छु । चीनको जस्तै विकास नेपालमा कहिले होला ?
चीनले गरेको आर्थिक विकास र यो देशले गरेको अन्य क्षेत्रको उन्नतिबारे नसुन्ने मानिस शायदै कोही होला ! यो देशको चौतर्फी विकासमा अध्यक्ष माओत्सेतुङको ठूलो योगदान छ भन्ने कुरामा आजको चिनियाँ नेतृत्व पनि असहमत छैन भन्ने अनुमान गर्न सकिन्छ । चीनको विभिन्न ठाउँमा अवस्थित अध्यक्ष माओत्सेतुङका शालिकहरू र लेखिएका शिक्षामूलक भनाइहरूबाटै पनि यो कुरा पुष्टि हुन्छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको यो महान् देश हाम्रो नेपालको उत्तरी सिमानामा अवस्थित गौरवपूर्ण गाथाले भरिएको देश हुँदाहुँदै पनि हामी नेपालीका नीम्ति चीन देखेर र सुनेर मात्रै गर्व गर्नुपर्ने मुलुक सिद्ध भएको छ ।
चीनले विकासको गतिमा फड्को मार्नुमा अध्यक्ष माओत्सेतुङको नेतृत्वमा सम्पन्न भएको कृषि क्रान्तिको ठूलो भूमिका रहेको छ । जापानी साम्राज्यवादका विरुद्ध आङ्खनै देशभित्रका तानाशाहसँग हात मिलाएर देशभक्ति आन्दोलनको अगुवाई गरी साम्राज्यवादलाई परास्त गर्न सफलता हासिल गरेका अध्यक्ष माओत्सेतुङ चीनमा कम्युनिष्ट शासन व्यवस्था लागू गर्नसमेत सफलता हासिल गरेका सफल कम्युनिष्ट नेता हुन् । चीनलाई आजको उँचाइमा पु¥याउन त्यही कम्युनिष्ट शासन व्यवस्थाले बसालेको जग नै महत्वपूर्ण मानिन्छ । कम्युनिष्ट शासन व्यवस्थाले बसालेको जगमा टेकेर चीनले आजको विश्वलाई लोभ्याइरहेको छ । तथापि कम्युनिष्ट शासन व्यवस्थाप्रति नाक खुम्च्याउनेहरूको भने कमी छैन । आज आएर उदार अर्थतन्त्रको नमूना देश बनेको चीनले यसरी विकासको फड्को मार्नुमा लौह अनुशासन र लगनशील एवम् परिश्रमी चिनियाँ जनताको पनि महत्वपूर्ण योगदान छ भन्ने कुरा बिर्सनु हुँदैन ।

अध्यक्ष माओत्सेतुङले ‘माक्र्सवादलाई वास्तविक रूपमा बु¤न किताबी अध्ययनभन्दा मजदुर र किसानहरूसितको घनिष्ठ सम्वन्ध आवश्यक हुन्छ’ भनेर जनताको महत्वलाई मार्गनिर्देश गर्नु भएको छ । चिनियाँ बुद्धिजीवीहरूलाई सम्बोधन गर्दै अध्यक्ष माओत्सेतुङले तिमीहरूको अध्ययनले मात्र वर्गसंघर्षको व्यावहारिक पक्षलाई सम्बोधन गर्न सक्दैन भन्दै माथिको उद्धरण सुझावका रूपमा प्रस्तुत गर्नु भएको थियो ।
जनतालाई अध्यक्ष माओत्सेतुङले कतिसम्म महत्व दिनुहुन्थ्यो भन्ने कुरा यो भनाईले थप स्पष्ट हुन्छ– ‘लडाइँमा हतियारहरू महत्वपूर्ण तत्व हुन्, तर निर्णायक तत्व होइनन्– निर्णायक त मानिस हुन् चीजहरू होइनन् । शक्तिको द्वन्द सैनिक र आर्थिक शक्तिको मात्र द्वन्द होइन, मनुष्य शक्ति र नैतिक बलको पनि द्वन्द हो । सैनिक र आर्थिक शक्ति निश्चित– रूपबाट नै मानिसद्वारा परिचालित हुन्छन् ।’
सेनाका सम्बन्धमा पनि अध्यक्ष माओत्सेतुङले निकै मार्मिक मार्गनिर्देश गर्नुभएको छ । उहाँ भन्नुहुन्छ– ‘सिपाहीहरू सेनाका जग हुन्, उनीहरू प्रगतिशील राजनीतिक भावनाबाट प्रभावित नहोउन्जेल र त्यस्तो भावना प्रगतिशील राजनीतिक कामद्वारा नबढुञ्जेल, सेना–नायक र जवानहरूबीच साँच्चिकै एकता प्राप्त गर्नु असम्भव हुनेछ, जापानी आक्रमणविरोधी युद्धका निम्ति उनीहरूको उत्साहलाई पूरा मात्रामा जगाउनु असम्भव हुनेछ, र हाम्रा सबै प्राविधिक साधनहरू तथा युद्ध कौशलहरूको सबभन्दा प्रभावकारी उपयोगको निम्ति उम्दा आधार बनाउनु असम्भव हुनेछ ।’ यसरी सेनामा प्रगतिशील राजनीतिक भावना हुनुपर्नेमा माओत्सेतुङको जोड रहेको छ । सेनामा प्रगतिशील भावना हुने हो भने सबै जनता सेनाका सिपाही हुने विचार अध्यक्ष माओत्सेतुङको रहेको बु¤न सकिन्छ । प्रगतिशील राजनीतिक भावना भन्नासाथ जनपक्षीय भावना बु¤नु पर्दछ । जनपक्षीय शव्दप्रति नै नकारात्मक दृष्टिकोण बनाउनेहरू जनताप्रति जिम्मेवार हुन सक्दैनन् ।
मेरो आङ्खनो देश नेपालको परिप्रेक्ष्यमा नेपाली सेना यतिबेला गम्भीर मोडमा छ ।

नेपाली सेनाले नेपाल सरकारको निर्णयलाई आत्मसात गरेर आङ्खनो जिम्मेवारी निर्वाह गर्दै आएको छ । यसरी जिम्मेवारी निर्वाह गरिरहँदा राष्ट्रिय स्वाधीनता सुदृढ हुन सकेको छ वा छैन ? र साथै नेपाली जनताको भावना अनुकूल सरकार चलिरहेको छ वा छैन ? यस्ता अहम् प्रश्नहरूप्रति नेपाली सेनाको ध्यान पुग्नै पर्दछ । देश गृहयुद्धमा जाकिंदै छ । यसको प्रमुख कारक भनेका राजनीतिक दलका नेताहरू नै हुन् भन्ने कुरा प्रत्येक नेपाली जनताले बुझेका छन् । नेपाली जनेताले बुझेको यो महत्वपूर्ण विषय नेपाली सेनाले बु¤न नसक्नु सैनिक नेतृत्वको कमजोरी नै सिद्ध हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here