सम्पादक पाण्डे चीन भ्रमणमा

207

काठमाडौ÷ जनधारणा साप्ताहिकका सम्पादक निमकान्त पाण्डे चीन भ्रमणमा निस्कनुभएको छ । सम्पादक पाण्डेसहित १३ जना पत्रकार र दुई जना डाक्टरहरूको टोली मंगलबार चीनतर्फ लागेको छ ।
चीन सरकारको आमन्त्रणमा १० दिने भ्रमणमा त्यसतर्फ गएको टोलीले भ्रमणका क्रममा चीनका विभिन्न प्रान्तमा हुने कार्यक्रमहरूमा सहभागिता जनाउने छ ।

भ्रमण टोलीमा सम्पादक पाण्डेसहित कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा, पत्रकार अखिलेश उपाध्याय, भोजराज बडु, जनार्दन बिष्ट, राम डंगोल महर्जन, सुष्मा गौतम, नवराज लम्साल, अरुण रञ्जित, कुमार शर्मा, चुडाामणि भट्टराई, जनार्दन आचार्य र दिपकमणि धिताल रहनुभएको छ । त्यस्तै दुई जना डाक्टरहरूमा डा.सर्वाेत्तम श्रेष्ठ र डा.हरिशचन्द्र साह रौनियार रहनुभएको छ । भ्रमण टोली असोज १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here