- दीपेन्द्र रोकाया
कामको चाप बढ्न थाल्यो । त्यसैले अर्को प्रेस किन्यौं । लडियामा राखेर बोगटियाकै मधेसी गाउँका बाबुराम यादवको घरमा राख्यौं । जनादेश साप्ताहिक नियमित रूपमा प्रकाशन ग¥यौं । त्यहाँबाट बाँके र बर्दियाको पोस्टसम्म प्रेसमा काम गर्ने सार्थीहरूले पत्रिकालाई बोराभित्र राखेर साइकलबाट पु¥याउनुहुन्थ्यो । त्यहाँबाट सञ्चार पोस्ट हुँदै बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, दैलेख, कालीकोट, अछाम, जुम्ला, डोल्पा मुगु, हुम्ला पुग्थ्यो । पोस्ट चुस्त थिए यिनै पोस्टले क्रान्तिको रक्तसञ्चार गराएका थिए । चिट्ठीपत्र, पत्रपत्रिका, रासनपानी, गोलीगठ्ठा, हतियार सप्लाइ तिनै पोस्टबाट पार्टीले गर्ने गथ्र्यो ।
पार्टीको चुनवाङ भेडीडाँडाको बैठकले क्रान्तिको नयाँ मोड लिने संकेत ग¥यो । हामीले शाही सत्तालाई हेप्दै सहर–बजार पस्न थाल्यौं । बर्दियामा पुरानो रिको भूमिगत प्रेसका साथै नयाँ प्रेस पनि किनेर चलाउन थालिसकेका थियौं । काम भ्याइनभ्याइ हुन थाल्यो । दिल्लीमा सात दल र नेकपा माओवादीबीचमा १२ बुँदे सहमति भयो । यो सहमति अर्को ‘दिल्ली सम्झौता’ हो भन्ने लाग्यो मलाई । २००७ सालमा काँग्रेस–राजा–राणाको बीचमा नेताहरूको प्रपन्चमा ‘दिल्ली सम्झौता’ भएको थियो । त्यसले गर्दा इस्ट इन्डिया सरकारसँग भएको सुगौली सन्धिलाई कार्यरूप दने मात्र होइन नेपालको शासन सत्तामा पहिलोपटक भारतीयलाई प्रत्यक्ष सहभागी हुने अवसर जुटायो । कोसी, गण्डकी बुझाइयो ।
२०४६ को परिवर्तनपछि महाकाली बुझाइयो । फेरि यसपटक पनि दिल्लीमै पार्टीहरूबीच सहमति हुनुले अर्को राष्ट्रघात हुन सक्ने कुराले पिरोल्यो । यसैले मैले १२ बुँदे सहमतिलाई ‘अर्को दिल्ली सम्झौता हो’ भनेको थिएँ । कसैले इन्चार्ज प्रकाण्डलाई सुनाएछ । उहाँले रवीन्द्र श्रेष्ठ र मणि थापाको दलिल पेश गर्दै मलाई स्पष्टीकरण लिनुभयो । ‘अबदेखि नभन्नू’ भन्दै चेतावनीपूर्ण भावमा भन्नुभयो, ‘यो सर्वहारा हेडक्बार्टरलाई शंका गर्नु भनेको पार्टी र क्रान्तिप्रति घात हुन्छ ।’
यसलाई मैले इतिहासमा आङ्खनो मत दर्ज गराएको रूपमा बुझ्ने गरेको छु । समयको बेगसँगै सात दलका नेता, नागरिक समाजका अगुवा र पत्रकार साथीहरूलाई दिनहुँ खजुरा, बाँसगढी, जगतिया, मैनापोखरीतिर भेट्ने, छलफल चलाउने गर्न थाल्यौं । शाही सत्ता फाल्ने सहमतिमा हामीले भेरी र कर्णालीबाट सबैभन्दा पहिला सकारात्मक पहल लियौं । संयुक्त मोर्चा निर्माण ग¥यौं । त्यो सबै स्तरमा संयुक्त मोर्चा निर्माण भयो । जनआन्दोलनताका बस, ट्रक, ट्याक्टर, लडिया, रिक्सा, साइकल, मोटरसाइकल सबैखाले साधन प्रयोग गरी गाउँका जनता नेपालगन्ज र गुलरिया पु¥याउन सहज भयो । संयुक्त मोर्चा निर्माण गर्ने र जनआन्दोलनलाई नयाँ स्तरमा पुगेको समाचार सम्प्रेषण गर्न अग्रमोर्चामा उभियौं । जनयुद्धको जगमा उठेको जनआन्दोलनमा सात दलले धोका दिने संकेत देखाए ।
हामीले बर्दियामा बसेर छलफल ग¥यौं । जनतालाई संसद्वादीले फेरि धोका दिए भने हामीले यहीबेला अर्को निर्णायक आन्दोलन गर्नुपर्ने हुन्छ तर पार्टीले आन्दोलन निर्णायक तहमा नपुग्दै रोकिएको जनाए पनि अब अग्रगामी पहलका लागि सात दलले वार्ताका लागि आह्वान गर्नुपर्ने, अन्तरिम संसद् सरकार हुँदै संविधानसभा निर्वाचनसम्म जाने एजेन्डा तय ग¥यो । सात दलका नेताहरू पुनःस्थापित संसद्मा बसेर भटाभट बनिबनाउ निर्णय गर्न थाले । संसारभरि अकल्पनीय परिवर्तन भएको चर्चा हुन थाल्यो । समयको अर्कै परिवेश खडा ग¥यो ।
जनआन्दोलनको सफलतालगत्तै नेपालगन्ज आइयो । कार्यालय राख्ने स्थान खोजियो । नेपाल बैंक टाट पल्टाएर भागेका एक भारतीय नागरिकको लिलामी लागेको धम्बोजीस्थित घर उपयोग गर्न सकिने सम्भावना देखियो । दिल्लीमा रहेका घर मालिकसँग फोनमा नेपाल बैंकको ऋण असुली नगर्दासम्म हामीले उपयोग गर्ने सहमति भयो । भरत प्रसाईं, दीपेन्द्र रावल र मैले ताला खोल्यौं । नेपालगन्जमा रहँदा भरत काकाले निकै रहयोग गर्नुभयो । काकालाई मैले २०५४ देखि चिन्छु । उहाँलाई सबैभन्दा पहिले रामेछापमा पक्रेर काठमाडौं ल्याएपछि भेटेको हुँ । त्यसपछि जुम्ला जनसरकार घोषणासभामा भेटेको थिएँ । पछिल्ला वर्षहरूमा त सँगसँगै रहेर काम गर्ने अवसर पाएँ ।
काकाकै सहयोगमा नेपालगन्जमा प्रेस राखेर जनसत्ताको दर्ता नम्बर लिएर ‘जनसन्देश दैनिक’ प्रकाशनमा ल्यायौं । यसका लागि मैले पार्टीमा ठूलै पहल गरेपछि प्रकाशन गर्ने अनुमति पाएँ । हामीले कार्यालय स्थापना गरेको घर विगतमा क्षेत्रीय प्रशासकका मोजमस्ती गर्ने थलो थियो रे ! हाम्रो यो कामलाई केही पत्रकार साथीले अर्काको घर कब्जा गरेर पत्रिका कार्यालय चलाएको भनेर समाचारसमेत लेखे । यतिबेलासम्म अझै द्वैधसत्ता चलिरहेको थियो । हामी नयाँ जनसत्ताको पक्षमा कलम चलाइरहेकै थियौं । नेपालको इतिहासमा जनसन्देश दैनिक नयाँ जनसत्तामा दर्ता गरी प्रकाशन गरेको एकमात्र माओवादीपक्षीय पहिलो दैनिक हो ।
नेकपा माओवादी अन्तरिम संसद् हुँदै अन्तरिम सरकारमा सामेल भयो । त्यसपछि जनसन्देशलाई नौलो जनसन्देशको नाममा बाँके जिल्ला प्रशासन कार्यालयमा दर्ता ग¥यौं । त्यतिबेला प्रशासनले मेरो ‘चालचलन बुझ्न गरेको पत्राचार’ र जिप्रका बाँकेले दिएको ‘बनिबनाउ चालचलन’ पत्र हेरेर नरेन्द्रजंग पिटर र म लामो समयसम्म हाँस्यौं । समय फेरिएको चर्चा गरेर चिया पियौं ।
नौलो जनसन्देश दैनिकले नेपालगन्जबाट प्रकाशित अरु दैनिक पत्रिकाभन्दा बढी बजार लियो । मध्य र सुदूरपश्चिम क्षेत्रभरि नौलो जनसन्देशको नेटवर्क बन्यो । पत्रिकाको लोकप्रियता बढ्दै गयो । त्यही क्रममा नेपालगन्जमा पहाडी र मधेसीबीचको भिडन्तले सनसनी मच्चियो । बाँकेका पत्रकारले त्यस समयमा रिपोर्टिङ गरेनन् । सबैले पत्रिका बन्द गरे । तर, हामीले पत्रिका बन्द गरेनौं । बरु यथार्थ के हो ? भन्ने कुरा खोज्दै ‘हिमाल, पहाड, तराई, कोही छैन पराइ’को सामाजिक नारा बनाएर प्रचार ग¥यौं । अहिले यो नारा नेपाली जनताका बीचमा निकै लोकप्रिय बनेको छ । यो नारा सुन्दा गर्व लाग्छ । जनता, नागरिक समाज र दलहरूको भनाइलाई सार्वजनिक गर्दै जाँदा खुला सडकमा खुकुरी नचाएर लुटपाट गरिरहेको देखिने ठाउँमा शान्ति ¥याली निकाल्ने वातावरण निर्माण भयो । यसमा नौलो जनसन्देश दैनिकको महत्वपूर्ण भूमिका रहेको छ ।