अख्तियारद्वारा पदीय मर्यादाविपरीत काम गर्ने खेलकुद मन्त्रीलाई कारबाही गर्न निर्देशन

205

काठमाडौँ, २६ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा सदस्य सचिव नियुक्ति गर्दा पदीय मर्यादा भुलेको भन्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न निर्देशन दिएको छ ।

मन्त्री पौडेलले सदस्यसचिव नियुक्ति र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पदीय दायित्व पूरा नगरेको भन्दै आयोगले मन्त्री पौडेललाई कारबाहीका लाग निर्देशन दएको हो ।

आयोगले मन्त्री पौडेलले अनुचित काम गरेकाले कारबाही गर्नुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । “आफ्नो पदको प्रकृतिअनुसार पालना गर्नुपर्ने पदीय कर्तव्यपालना ऐन अनुचित कार्य नगरेको पुष्टि भएकाले मन्त्री पुरुषोत्तम पौडेललाई आवश्यक कारबाहीका लागि प्रधानमन्त्रीलाई लेखी पठाइएको छ”, अख्तियारले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्री पौडेलले राखेपको सदस्यसचिवमा केशवकुमार विष्टलाई गत असार १० गते नियुक्त गरेका थिए ।
करिब एक वर्षअघि दक्षिण कोरियाको इचोनमा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगितामा खेलाडीको आवरणमा चार व्यक्तिलाई पैसा खाएर उतै भगाएको आरोप सदस्यसचिव विष्टलाई लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here