काठमाडौँ, २७ भदौ– नेपाल चलचित्र विकास कम्पनीद्वारा घोषणा गरिएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’मा सर्वोत्कृष्ट अभिनेता÷अभिनेत्रीको उपाधि आर्यन सिग्देल र प्रियङ्का कार्कीले हात पारेका छन् ।
त्यस्तै, सर्वोत्कृष्ट चलचित्रको पुरस्कार ‘कबड्डी’ले हाल पारेको छ भने त्यसका निर्देशक रामबाबु गुरुङ सर्वोत्कृष्ट निर्देशक घोषित भएका छन् ।
त्यस्तै सर्वोत्कृष्ट सहअभिनेताको पुरस्कार अनुपविक्रम शाही र सहअभिनेत्रीको छुल्ठिम डोल्मा गुरुङले हात पारेका छन् भने नव अभिनेता पुरस्कार सञ्जोग कोइराला र नव अभिनेत्री पुरस्कार आश्मा डिसीले प्राप्त गरेका छन् ।
त्यस्तै, सर्वोत्कृष्ट लेखनमा छेतेन गुरुङ, छायाँकारमा शैलेन्द्रध्वज कार्की, सम्पादकमा सुरेन्द्र पौडेल, द्वन्द्व निर्देशकमा राजकुमार उप्रेती, सङ्गीतकारमा ताराप्रकाश लिम्बु, पाश्र्वगायनमा युवराज चौलागाईँ, नृत्य निर्देशकमा कविराज गहतराज र पाश्र्व सङ्गीतमा रामजी लामिछाने सर्वोत्कृष्ट छानिएका छन् ।
त्यसैगरी, सर्वोत्कृष्ट ध्वनि पुनःमुद्रणमा उत्तम न्यौपाने, सर्वोत्कृष्ट व्यावसायिक चलचित्रमा कोहिनूर, चलचित्र पत्रकारितामा विजयरत्न तुलाधरले सर्वोत्कृष्ट पुरस्कार जित्दा जुरी राष्ट्रिय चलचित्र पुरस्कारबाट सुदीपभुपाल सिंहलाई सम्मानित गरियो ।
प्रत्येक सर्वोत्कृष्टलाई ‘अवार्ड’सँगै जनही रु ५१ हजार नगद पुरस्कारबाट सम्मानित गरिएका थियो ।
घोषणा गरिएको उक्त पुरस्कार सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, भारतीय गायिका सञ्जीवनीलगायतले शनिबार आयाजित कार्यक्रममा वितरण वितण गरेका थिए ।