दलहरु शक्तिकेन्द्रको इशारामा चल्दा सार्वभौमसत्ता र अखण्डतामाथि हमलाः थापा

168

काठमाडौ, २७ भदौ –राष्ट्रिय प्रजातन्त्रपार्टीका अध्यक्ष कमल थापाले नेपालका राजनीतिक दलहरु बाह्य शक्तिको प्रायोजनमा चल्दा मुलुकको मुलुकको सार्वभौमसत्ता, अखण्डतामाथि प्रश्न चिह्न खडा भएको बताएका छन् ।

उनले बाह्य शक्तिको प्रायोजनमा धर्म निरपेक्षता, गणतन्त्रजस्ता एजेन्डा ल्याइएको र नेपालका दललाई प्रयोग गरिएको आरोप लगाएका छन् । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा बोल्दै सभासद् कमल थापाले हिन्दू राज्यको माग गर्दै खुलामञ्चमा आमरण अनशनमा बसेकाको स्वास्थ्य स्थिति अत्यन्तै कमजोर बनेकोतर्फ संविधानसभा र सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले आफ्नो पार्टीको उपस्थिति सरकारको कामको साक्षीका रुपमा बस्ने मात्र नभई संविधानमार्फत जनतालाई अधिकार सम्पन्न बनाउनका लागि भएको भन्दे त्यस प्रयोजनका लागि संशोधन प्रस्ताव दर्ता गराएको उनले बताए । तर चाहेर वा नचाहेर मुलुक विषम अवस्थामा आइपुगेको उनको भनाई थियो ।

सभासद् थापाले तराई मधेसमा जनजाति, आदिवासी तथा अल्पसङ्ख्यक समुदायले उठाएको जायज मागलाई सम्बोधन गर्नुपर्ने र उनीहरुलाई संविधान निर्माणमा सहभागी गराउनु पर्ने बताए ।

सभासद् थापाले भने – “विभिन्न कोणबाट उठेका र उठाइएका जायज मागलाई सम्बोधन गरिएन भने मुलुक विषम गृहयुद्धमा फस्न सक्छ र विग्रह उत्पन्न हुनसक्छ । एकले अर्कोलाई आरोप लगाएर बस्न सक्ने अवस्था छैन । पार्टीको अस्तित्व भन्दा राज्यको अस्तित्व प्रमुख विषय हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here