सभामुखद्वारा असोज ३ मा संविधान जारी गर्न राष्ट्रपतिलाई औपचारिक निमन्त्रणा

248

काठमाडौ, भदौ २९ – सभामुख सुवास नेम्वाङले असोज ३ गते संविधान जारी गर्ने कार्यक्रमका लागि राष्ट्रपति रामवरण यादवलाई औपचारीक निमन्त्रणा गरेका छन् । सोमबार संविधान सभा भवन बानेश्वरमा असोज ३ गते साँझ ५ बजे संविधान जारी गर्ने निर्णय भएसँगै नेम्वाङले आज राष्ट्रपति भवन सितल निवासमा गई निमन्त्रणा गरेका हुन् ।

नेम्वाङले संविधानसभा सचिवालयका महासचिव मनोहर भट्टराईलाई साथ लिइ राष्ट्रपति डा।रामवरण यादवसँग भेट गरेका छन् ।
सचिवालयले सोमबार राति नै भेटको समय तय गरेपनि शीतल निवासले राष्ट्रपतिको व्यस्थता देखाउँदै मगलबार बिहानको भेटघाट मिलाएको हो ।
राष्ट्रपतिले आजै प्रधानमन्त्री सुशील कोइरालालाई समेत भेट्ने कार्यक्रम रहेको छ । त्यसक्रममा असन्तुष्ट पक्षलाई कसरी समेट्ने, संविधान जारी भएपछिको सुरक्षा अवस्था बारे छलपफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here