झडपमा परि रुपन्देहीमा चार जनाको मृत्यु

169

बुटवल, ३० भदौ । रुपन्देहीको भैरहवा–लुम्बिनी करिडोरबाट सामान लादिएका ट्रकलाई सुरक्षा दिई लगिँदै गरेका अवस्थामा प्रहरी र बन्दकर्ता मधेसी मोर्चाबीच मंगलबार भएको झडपमा परी रुपन्देहीको बेथरीमा एक बालक सहित चार जनाको मृत्यु भएको छ ।
घटनामा प्रहरीको गोली लागेर स्थानीयवासी चार वर्षीय चन्दनकुमार पटेल सहित गोनाहा ६ का ३५ वर्षीय राजकुमार बराई, ३५ वर्षकै विन्दु लाकोल र १४ वर्षीया रञ्जना क्षेत्रीको मृत्यु भएको छ । बन्दकर्ता घरेलु हतियार र ढुङ्गामुढा लिएर आक्रमणमा उत्रिएपछि प्रहरीले गोली चलाएको जनाइएको छ । बन्दकर्ताले प्रहरीका दुई गाडी र दुई मालवाहक ट्रकसमेत तोडफोड गरेका छन् ।
उक्त घटनामा प्रहरी र बन्दकर्ता गरी करिब १२ जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here