विर्यसँग आईफोन साटने अफर

208

एजेन्सी, चीनको संघाइमा रहेको एउटा विर्यबैंकले विर्य दान गर्नेहरुलाई अनौठो अफर ल्याएको छ । उक्त बैंकले विर्यदानलाई प्रोत्सान गर्नका लागि दाताहरुलाई आईफोन बराबरको रकम दिने प्रस्ताव गरेको छ ।

चीनको च्याङजियाङ टाइम्सका अनुसार संघाइमा रहेको रेन्जी अस्पतालले विर्य दाताहरुलाई पोत्साहन गर्नका लागि एप्पलको नयाँ आईफोन उपहार दिने भन्दै दाताहरुलाई आकर्षित गरिरहेको छ । सो पत्रिकाका अनुसार अस्पतालले आफ्नो अनलाईन पोष्टमा उल्लेख गरेको छ, ‘आफ्ना मृगौला बेच्नुपर्दैन तपाई सजिलैसँग एप्पल एस ६ लिन सक्नुहुन्छ ।’ आइफोन खरिद गर्नका लागि शरिरका विधिन्न अंग बिक्रीगर्नेहरुलाई लक्षित गरी अनलाईनमा उक्त पोष्ट राखिएको थियो ।
उक्त अस्पतालले आईफोनको तस्वीरको तलपट्टी लेखिएको छ, यदि कोइ मानिस पूर्ण रुपले स्वस्थ छ र स्वास्थ्य जाँच गरी नियमित रुपमा विर्य दान गर्छ भने हामी ६ हजार युआन सहयोग गछौँ जुन नयाँ आईफोन खरिदका लागि पर्याप्त हुन्छ । भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here