मातृका यादव र जयप्रकाश गुप्ता पनि अब मधेसी मोर्चामा

575

काठमाडौँ, ३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा नेकपा माओवादीका संयोजक मातृका यादव र तराई–मधेस राष्ट्रिय अभियानका संयोजक तथा पूर्व मन्त्री जेपी गुप्ता पनि जोडिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बृहत् बनाउने अभियान अन्तर्गत उनीहरु पनि मोर्चामा आवद्ध भएको मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।

सोही अभियानअन्तर्गत नेकपा माओवादीका अध्यक्ष मातृका यादव र गुप्ता मोर्चामा समावेस गरिएको उनले जानकारी दिए ।

संयुक्त मधेसी मोर्चाका तर्फबाट सद्भावना अध्यक्ष राजेन्द्र महतो तथा माओवादीका तर्फबाट मातृका यादव र मधेस अभियानका जयप्रकास गुप्ताले संयुक्त हस्ताक्षर गरी शनिबार एक विज्ञप्ति जारी गरेका छन् । मधेसी जनताको चाहनालाई ध्यानमा राखी मधेस आन्दोलनलाई अझ प्रभावकारी, परिणाममुखी र निर्णायक बनाउन मोर्चा विस्तार गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here