नेपालमा संविधान जारी भएपछि असन्तुष्ट रहदै आएको भारतले सोमबार तराईमा चलिरहेको आन्दोलकाकारण सुरक्षा समस्या भएकाले आपूर्तिमा समस्या हुन सक्ने भन्दै अप्रत्यक्ष रुपमा नाकाबन्दीको चेतावनी दिएको एक दिन पछि रक्सौल सिमामा पेट्रोलियम पदार्थका बोकेका नेपाली ट्यांकर रोकेको नेपाली अधिकारीहरुले जनाएका छन् ।
नेपाल आयल निगमका अधिकारीका अनुसार भारतले सुरक्षा कारण देखाउँदै सिमामा २३ वटा ट्यांकर रोकेको छ । नेपाली व्यवसायीहरुका अनुसार भारतीय अधिकारीहरुले माथिको आदेशका कारण तत्काल ट्यांकर छोडन अस्वीकार गरेका छन् ।
तर यो भातरले नियतबस रोकेको हो वा केही समयका लागि मात्र रोकिएको हो भन्ने विषयमा तत्काल केही भन्न नसकिने आयल निगमका अधिकारीहरुले बताएका छन् । भारतीय सिमा क्षेत्रमा पेट्रलसँगै आद्यन्न बोकेका ट्यांकरहरु समेत रोकिएको बताइएको छ ।