काठमाडौ÷ भारतीय पत्रकार आनन्दस्वरुप वर्माले भारतले नेपालमा अशान्ति मच्चाउन खोजेको आरोप लगाएका छन् । वर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार आफ्नो भाषणमा नेपालमा छिटो संविधान बन्नुपर्छ र समावेसी हुनुपर्छ भनेपनि वास्तवमा भारतले नेपालमा संविधान नबनोस भन्ने चाहेको र संविधान बनेपछि तराईमा चलिरहेको आन्दोलनलाई भडकाउन सहयोग गरिरहेको आरोप लगाका छन् ।
उनले भारतले बाहिरी रुपमा नेपालमा स्थायीत्व चाहेजस्तो देखाएपछि मधेशमा भइरहेको आन्दोलनको आगोमा घिउ थप्ने लगाएतका गतिविधि सञ्चालन गरेर नेपालमा अशान्ति मच्चाउन खोजेको बताएका छन् । वर्माले नेपालको हालको परिस्थितिका बारेमा एउटा लेख लेख्दै भारतमाथि यस्तो आरोप लगाएका हुन् ।
उनले भारतले नेपाललाई असफल मुलुक बनाउने खोजीरहेको आरोप समेत लगाएका छन् । उनले नेपाललाई असफल राज्य हुनबाट जोगाउन खोजेजस्तो गरेपनि भारत लगाएतका विभिन्न तत्ले वास्तवमा यस्तो नचाहेको उल्लेख गरेका छन् ।