डा.भट्टराईद्धारा एमाओवादी पार्टी परित्याग गरेको घोषणा

300

काठमाडौँ, ९ असोज । एकीकृत नेकपा माओवादी का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाओवादी परित्याग गरेको घोषणा गरेका छन् ।
डा भट्टराईले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

नेपालको राजनीतिमा ४० वर्षसम्म सक्रियतापूर्वक काम गरेको जनाउँदै उनले अब स्वतन्त्र नागरिक भएर बस्ने इच्छा व्यक्त गरेका छन् ।

गोरखा क्षेत्र–१ बाट संविधानसभा सदस्यमा निर्वाचित डा भट्टराईले अब संसद्को सदस्यसमेत नरहने घोषणा पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here