भारतले नाकाबन्दी लगाएपछि उत्तरतर्फबाट धमाधम नाका खुलाउँदै चीन

215

काठमाडौ, १० असोज–संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै भारतले दक्षिण तर्फका नाकाबाट आपूर्ति रोकेपछि चीन सरकारले उत्तरी नाका खुलाउ सहमत जनाएको छ ।
सरकारले चाडपर्व नजिकिदै गर्दा अत्यावश्यक वस्तुको आपूर्तिमा कमि आउन नदिन चीन सरकारसँग गरेको पहलप्रति सकारात्म हुँदै चीनले उत्तरी नाकाहरु खुलाउन सकारात्मक भएको छ ।

नेपाल सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनिया अधिकारीसँग यस विषयमा पहल गरेपछि चीन नाका खुलाउन सकारात्म भएको हो । दुई पक्षिय छलफल पछि तत्कालका लागि तातोपानी र केरुङ नाका खोल्न समहति जनाएको छ ।
गत बैशाखमा आएको विनाशकारी भूकम्प पश्चात तातोपानी नाका बन्द रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here