भारतको नाकाबन्दी विरुद्ध चिनिया राष्ट्रपतिको सम्बोधन

241

काठमाडौ, १२ असोज–चिनिया राष्ट्रपति सी जिनपिङले पछिल्लो समय भारतले नेपालमा लगाएको नाकाबन्दीको विरोध गरेका छन् । संयुक्त राष्ट्रसंघको ७० औ महासभालाई सम्बोधन गर्दै राष्ट्रपति सीले ठूला मुलुकले शक्ति र सामथ्र्यका आधारमा साना मुलुकमाथि हस्ताक्षेप गर्ने र तर्साउने काम गर्न नहुने बताएका छन् ।

राष्ट्रपति सी ले युएन च्याप्टर अनुसार सबै मुलुकको समान हैसियत रहेको भन्दै एक मुलुकले अर्काे मुलुकको स्वाधिनताको रक्षागर्न आग्रह गरेका छन् । उनले गरेको सम्बोधनमा नेपाल र भारतको प्रत्यक्ष नाम उच्चारण गरिएको छैन । तर उनको भाषणले हालै नेपालले भोगिरहेको समस्यालाई संबोधन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here