सञ्चारमन्त्रीलाई भौतिक कारबाहीको गर्ने विप्लब माओवादीको चेतावनी

137

काठमाडौ, असोज १३ केवल टिभी च्यानल सञ्चालकहरुले भारतीय नाकाबन्दीको विरोधमा नेपालमा भारतीय च्यानलहरु प्रसारणमा रोक लगाएको भन्दै सञ्चार मन्त्रालयले केवल सञ्चालकहरुलाई कारबाहीको चेतावनी दिए लगत्तै विप्लब नेतृत्वको नेकपा माओवादीले सञ्चार मन्त्री मिनेन्द्र रिजाललाई भौतिक आक्रमण गर्ने चेतावनी दिएको छ ।

भारतले नेपालमा नाकाबन्दी लगाएसँगै नेपालमा भारतीय च्यानल तथा गाडीहरुसमेत सञ्चालन गर्न नदिने निर्णय गरेको माओवादीले सञ्चारमन्त्रालयको निर्देशनको कडा विरोध गर्दै सञ्चारमन्त्री रिजाललाई भारतीय दलाल भन्दै भौतिक कारबाहीको चेतावनी दिएको हो ।

माओवादीको भातृसंगठन अखिल नेपाल जनसांस्कृतिक महासंघ र अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मीसंघले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै सञ्चारमन्त्रीको तिव्र आलोचना गरेका छन् । संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘भारतीय विस्तारवादका दलाल मिनेन्द्र रिजालको कदमको घोर विरोध तथा भत्सर्ना गर्दछाँै ।’

माओवादीले भारतले नाकाबन्दी गर्दा नेपालीहरु राष्ट्रियताप्रति संवेदनशिल भएकाबेला भारतीय पक्षको पक्षपोषण गर्ने किसिमको अभिव्यक्ति आउनु मुलुकप्रतिको बेइमानी भएको ठहर गर्दै भारतकको समर्थन गर्ने मन्त्री रिजालमाथि भौतिक कारवाहिसम्मको चेतावनी दिएको छ । माओवादीले भारतीय च्यानलहरु सदाका लागि बन्द गर्ने समेत चेतावनी दिएको छ ।
सञ्चार मन्त्रालयले मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै भारतीय च्यानल रोक लगाउने केवल सञ्चालकलाई २४ घण्टा भित्र कारबाही गर्न नपर्ने कारण खुलाई स्पष्टिकरण माग गरेको छ । साथै मन्त्रालयले केवल सञ्चालकहरुलाई तत्काल भारतीय च्यानलहरु सुचारु गर्न समेत दबाव दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here