नेपाली वैज्ञानीकको टोलिले मंगलग्रहमा पानी फेला पा¥यो

166

एजेन्सी, नेपाली वैज्ञानिक लुजेन्द्र ओझा नेतृत्वको टोलिले मंगलग्रहमा पानीको सतह फेला पारेको छ । ओझा नेतृत्वको वैज्ञानिकहरुको टोलिले मंगलग्रहको सतहमा देखिएका धर्साहरु पानी हुनसक्ने प्रमाण फेला पारेका हुन् । उनीहरुको अध्ययनलाई पुष्टि गर्दै अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगलग्रहमा पानीको सतह फेला परेको दाबी गरेको छ । यो अध्ययनलाई वैज्ञानिकहरुले महत्वपूर्ण उपलब्धि मानेका छन् । नासाले भूउपग्रहबाट प्राप्त तथ्यांकहरुले सतहमा देखिएका धर्साहरु त्यहां रहेका नुनको थुप्रोहरुसंग सम्बन्धित रहेको जनाएको छ ।
नेपाली वैज्ञानिक ओझा र उनको टिमले मंगलग्रहमा पानीको सतह भएको प्रमाण सहितको रिपोर्ट नेचर जियोसाइन्स जर्नलमा प्रकाशित गरेका छन् । हालै प्रकाशित गरिएको उक्त रिपोर्टमा मंगलग्रहमा जीवनको सम्भावनाबारेमा पनि उल्लेख गरिएको छ । जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा विद्यावारिधी गरिरहेका ओझाले नासाको मार्स रिकनसेन्स अर्बिटर भनिने अन्तरिक्ष यानबाट प्राप्त तथ्यांकहरु प्रस्तुत गरेर उक्त ग्रहमा पानी रहेको प्रमाण प्रस्तुत गरेका छन् । सो यानमा रहेको क्रिजम भनिने उपकरणले सतहमा भएका पदार्थहरुको चरित्र पत्ता लगाउन सक्ने उपकरणको सहायताले मंगलग्रहमा गर्मी मौसममा गाढा धर्साहरु देखिने चार स्थानहरु अध्ययन गरिएको थियो ।
मंगलग्रहमा पाइएको तरल पदार्थको अस्तित्वले जीवनको सम्भावनालाई पनि बढाएको वैज्ञानिकहरुले जनाएका छन् । साथै सतहको नजिक पानीको स्रोत हुनुले भविष्यमा मंगलग्रहमा जाने अन्तरिक्ष यात्रिहरुका लागि पनि त्यहाँ रहनका लागि सहज हुने अनुमान गरिएको छ ।

ओझाले यस अघिको अनुसन्धानबाट मंगलग्रहमा पानी हुन सक्ने सम्भावना पत्ता लगाएका थिए । तर मंगलग्रहमा रहेका धर्साहरुमा रासयनिक चरित्रबारे भने पहिलो पटक पत्ता लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here