अख्तियारले कारबाही सिफारिस गरेका मन्त्री पौडेलको राजीनामा, ज्ञवाली बर्खास्त

406

काठमाडौँ, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि सिफारिस गरेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल बिहिबार पदबाट राजीनामा दिएका छन् भने उर्जा मन्त्री राधा ज्ञवाली बर्खास्तमा परेकी छिन् ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा विवादित व्यक्ति केशवकुमार विष्टलाई नियुक्त गरिएको विषयमा आयोगले मन्त्री पौडेललाई विभागीय काराबाही गर्न निर्देश गरेपछि उहाँले प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा दिएका हुन भने

उर्जामन्त्री ज्ञवालीले सोलु करिडोर प्रसारण लाइन बनाउँदा अनियमितता गरेको भन्दै आयोगले कारबाहीका लागि सिफारिस गरेको थियो । ज्ञवालीलाई प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गर्न आग्रह गरेपनि नमानेपछि बर्खास्त गरेका हुन् । राजीनामा गर्ने पौडेल र ज्ञवाली दुवै एमाले कोटामा मन्त्री भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here