छिमेकीको ‘एस म्यान’ बन्दैनौं

248

पुष्पकमल दाहाल
यो महान् प्रक्रियालाई निष्कर्षमा ल्याउन हाम्रा छिमेकीहरू अन्तर्रा्ष्टि्रय समुदाय सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । हामी चाहन्छौं, हामी नेपाली हाम्रो राष्ट्रप्रतिको प्रेम, हाम्रो निष्ठा, विश्वास, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र यसको आत्मसम्मानका निम्ति हाम्रो विश्वासलाई म के विश्वास गर्छु भने हाम्रा छिमेकी चीन र भारतले पक्कै सम्मान गर्नेछन् । हाम्रो स्वत्तन्त्रतालाई सम्मान गर्नेहरूले मात्रै आÏनो स्वतन्त्रतालाई सुढृढ गर्न सक्छन् भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । अरू कसैको स्वतन्त्रतालाई हामीले सम्मान गर्न सकेनौा भने हामी आफौ स्वतन्त्र हुादैनौं भन्ने विश्व इतिहासले देखाएको मान्यता हो ।

त्यसकारण, हामी छिमेकीहरूसाग अझ विशेष रूपले, छिमेकी हुनाका नाताले हाम्रा विशेष सम्बन्ध पनि छन्, केही समस्या पछि हुन्छन् । तर, तिनको एकअर्काको भावनालाई, आवश्यकतालाई एकअर्काको चाहनालाई ठीक ढंगले बुझ्ने र सम्बोधन गर्ने तरिकाद्वारा मात्रै २१औं शताब्दीमा राष्ट्रहरूबीचको सम्बन्धमा परिभाषित गर्न र उचाइमा लान सकिन्छ । यही विश्वासका साथ भारतीय नेताहरूसाग पनि के भन्न चाहन्छु भने तपाईंहरूको असल मित्रका रूपमा तपाईंहरूको जायज चासोलाई चिन्तालाई सहयोग गर्न हामी तयार छौं ।

हामी चाहन्छौं, भारत सरकार र जनताले पनि नेपाल र नेपाली जनताको जायज चासो, चिन्ता र आवश्यकतालाई त्यसरी नै सम्बोधन गर्नेछन् । म फेरि भन्न चाहन्छु, हामी मित्र हुन चाहन्छौं, हामी पेरि कसैको पनि ‘एस म्यान’ जे भन्यो त्यो मान्ने नेपाली कहिल्यै भएनौा, हुने छैनौं । यसलाई सम्मान गर्न पनि विशेष रूपले आग्रह गर्न चाहन्छु ।  राजधानी दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here