भारतीयहरु नै भारतको नाकाबन्दी विरुद्ध

122

काठमाडौं/ नेपाललाई भारतको एकलौटी बजार बनाउदै आएका नेपालका शासकहरू भारतको नाकाबन्दीपछि सृजित अवस्थाका कारणबाट आक्रोशित भएका छन् । सुशील कोइरालाजस्ता शालिन व्यक्तित्वले नेतृत्व गरेको नेपाल सरकारले समेत भारतको नाकाबन्दीका विरुद्ध आक्रामक निर्णय लिएको छ । भारतलाई चिढाएर नेपाललाई फाइदा हुादैन भन्ने मान्यतामा भारतमा सबै किसिमका स्वार्थमा साथ दिंदैआएका नेपालका सबै राजनीतिक दलहरू भारतको अमानवीय नाकाबन्दीको विरोधमा मुख खोल्न बाध्य भएका छन् । भारतको नाकाबन्दीका विरुद्ध नेपालीहरू मात्र नभएर भारतीय नागरिकसमेतले मुख खोल्न थालेका छन् ।
काठमाडौंको बल्खुमा विगत २० वर्षदेखि कपाल काट्ने पेशा गर्दैआएका भारत मोतिहारीका रमेश ठाकुरले भारत सरकारको नाकाबन्दीका विरुद्ध नेपालमा काम गर्ने भारतीय नागरिकहरूसमेत पीडित भएको जानकारी गराए । आफूहरूको हातमुख जोर्ने समस्या भइरहेको उनले जनाए । त्यसैगरी काठमाडौं कुलेश्वरमा विगत १५ वर्षदेखि मोटर पार्टस्को पसल सञ्चालन गर्दैआएका भारतीय नागरिक जोगिन्दर सिंहले भारत सरकारले अमानवीय काम गरेको प्रतिक्रिया दिएका छन् । दुईतिहाइ बहुमतले संविधानसभाबाट पारित गरेको नेपालको संविधानलाई लागू गराउन सहयोग पुर्‍याउनुपर्ने ठाउामा एउटा ठूलो प्रजातान्त्रिक देशले गलत एजेण्डा उठाएकाहरूलाई उक्साउने काम गरी नाकाबन्दी गर्नु ठूलो मूर्खता भएको सिंहको निष्कर्ष रहेको छ । काठमाडौंमा बस्ने सबै भारतीय नागरिकहरूलाई भारत सरकारको नाकाबन्दीले परेशान गराएको छ, भारत सरकारले तुरुन्त नाकाबन्दी फिर्ता गर्नु पर्छ– सिंहले जनधारणासितको भेटमा भनेका छन् ।
यसैबीच ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय नाकाबन्दीको विरोध गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ । ेनपालस्थित भारतीय दूतावासमार्फत् पठाइएको ज्ञापनपत्रमा सन् १८१६ मा ब्रिटिश शासकहरुले कब्जा गरेको ६० हजार वर्गकिलोमिटर नेपाली भूभाग सन् १९४५ पछि भारतीय भूमिमा गाभिएकाले सो भूमि फिर्ता गर्न अनुरोध गरिएको छ । मोर्चाले नेपालमाथि गरिरहेको हस्तक्षेप बन्द गर्न भारतलाई चेतावनी पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here