उमेश चौहान
भारतले श्रीलंकलाई घुाडा टेकायो, त्यतिमा उसको ‘इगो’ सम्बोधन भयो । तर, तमिल टाइगर विद्रोही संगठनको महत्वाकांक्षा बढिसकेको थियो । उसले प्रान्त होइन, छुट्टै देश बनाउने माग गर्न थालिसकेको थियो । आफौले जन्माएका, हुर्काएका विद्रोही बस् भन्दा बस्छन् र उठ् भन्दा उठ्छन् भन्ने भारतको विश्वास भ्रम मात्र साबित भयो । भारतले हतियार बुझाऊ भन्दा स–साना संगठनले माने, तर तमिल टाइगर समूहले मानेन । आखिर विवाद उसैसाग भयो, शान्ति सेनाका नाममा श्रीलंका छिरेको भारतीय फौज र तमिल टाइगरबीच गोली हानाहान हुन थाल्यो, घमासान युद्ध भयो ।
आफौले तालिम दिएका तमिल टाइगर विद्रोहीको सामना गर्न नसकेपछि भारत लज्जित भएर फर्कनुपर्याे । तर, दुर्भाग्य तीन वर्ष चलेको युद्धमा भारतका ११ सय ३८ सैनिक सहिद भए, तीन हजार अपांग भए । त्यति ठूलो मूल्य चुकाएर पनि भारतले सुख पाएन, सन् १९९१ मा चुनावी अभियानमा तमिलनाडु पुगेका राजीव गान्धी बम विस्फोटमा मारिए, कम्मरमा बोकेको बम विस्फोट गराएर राजीव गान्धीको शरीर क्षतविक्षत पार्ने आत्मघाती बम हमला अरू कोही होइन, भारतीय सेनाबाटै हुर्काइएको तमिल टाइगरकै लडाकु थिइन् ।
आमाको पाला भरणपोषण गरिएका विद्रोहीले होनहार छोराको दर्दनाक हत्या गरे । सभ्य समाजले यस्तो हिंसालाई स्वीकार्न सक्दैन । तर, के गर्ने ? खुर्सानीको बोट रोपेपछि अम्बा नफल्दो रहेछ । नयाा पत्रिका दैनिक