काठमाडौं/ राष्ट्रकबि माधबप्रसाद घिमिरेको ९७औं शुभ जन्मोत्सव कार्यक्रम २०७२ साल असोज ७ गते बिहीवार उनकै जन्मदिन पारेर नवोदित कलेजको प्रांगणमा मस्र्याङदि वाङमय प्रतिष्ठान काठमाडौको आयोजनामा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि तथा मस्र्याङदी वाङमय प्रतिष्ठानका प्रमुख संरक्षक राष्ट्रकवि माधव घिमिरे रहनु भएको थियो भने मस्र्याङदी वाङमय प्रतिष्ठानका अध्यक्ष डा. मुकुन्द ‘पथिक’ को सभापतित्वमा भएको हो । अन्य अतिथिहरूमा पूर्वृमन्त्री टेकबहादुर थापा,मन्त्री परिषद्का सचिव कमलशाली घिमिरे, उक्त संस्थाका पूर्वअध्यक्ष द्वय डा. कृष्णबहादुर थापा , डा. देवीप्रसाद सुवेदी, गण्डकी सामाजिक गुठीका अध्यक्ष कलाधर काफ्ले प्रा.डा.टीकाराम अधिकारी उक्त कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारी लगायत अन्य लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मन्त्रीपरिषद्का सचिव कमलशाली घिमिरेले राष्ट्रकवि घिमिरेको शुभजन्मोत्सव कार्यक्रममा आफुलाई निम्ता गरी भाग लिने शुभअवसर मिलाईदिनु भएकोमा उक्त संस्थाप्रति खुशी व्यक्त गर्दै राष्ट्रकविको प्रेरणावाट नै लमजुङका नवयुवालाई कविता वाचन गर्ने प्रेरणा प्राप्त भएको हो कि भन्ने धारणा राख्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका पूर्वअध्यक्षले राष्ट्रकविको शुभ जन्मोत्सवका बारेमा सुस्वास्थ्य तथा दिर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दै मन्तव्य प्रकट गरेका थिए । प्रा. टीकाराम अधिकारी, कलाधर काफ्ले, रामरञ्जन पौडेल, यदुनाथ सरल, हृदयपाणि अधिकारी, विजय न्यौपानेले कविता वाचन गरेका थिए भने, लेखक तथा स्वतन्त्र पत्रकार वसन्त घिमिरेले राष्ट्र कविले सिर्जना गरेका रचनालाई विधागतरूपमा प्रकाश पारेका थिए । अन्य कविहरूमा अन्जना पौडेल, सन्देश पोखरेल, लालबहादुर भुजेल, इश्वरीप्रसाद न्यौपाने, सीताराम अधिकारी, भाग्यशाली अधिकारी, चन्द्रबन्दना घिमिरे, विश्वेस्वरी अधिकारी, श्रीराम पौडेल, डिल्लीराज अर्याल, चन्द्रमणि अधिकारी ऋषिकेश लगायत सवैले राष्ट्रकविको बारेमा शुभकामना व्यतm गर्दा उतm कलेजका विद्यार्थी भाइबहिनीको तालीले उतm हल नै शोभायमान बन्न पुगेको थियो । अन्त्यमा राष्ट्रकवि घिमिरेले यहाँ बाचन गरिएका सवै कविवरका कविताहरू उत्कृष्ट रहेको जानकारी दिंदै सवै कविवरलाई ठट्यौली पारामा प्रेरणा दिनु भएको थियो । उक्त कार्यक्रमका सभापति तथा सो संस्थाका अध्यक्ष डा. मुकुन्द ‘पथिक’ले राष्ट्रकविलाई शुभजन्मोत्सवको शुभकामनासम्वन्धी कविता बाचन गरी त्रिविविले राष्ट्रकवि माधव घिमिरेलाई महाविद्यावारिधि प्रदान गरेप्रति वधाई दिदै यो सम्मान राष्ट्रकै सम्मान हो भनी कार्यक्रम विर्सजन गरेका थिए ।