सुतिसकेपछि जयशंकरले ‘नक’ गर्दा

400

डा. विजन पन्त
सवैलाई सधैं सबै विषयमा मिलाएर लाने अवस्था हुँदै हुँदैन । हुँदो हो त संविधानसभाको सात वर्ष हामीले हेरेकै हौं । त्यसको निकासको प्रजातान्त्रिक प्रक्रियालाई आत्मसात् नगरी हामीसँग अन्य विकल्प बाँकी छैनन् । मित्रराष्ट्रहरूले यो पनि बुझ्नुपर्छ । प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिनिधि छनौट हुने भारतमा समेत कुनै विषयमा सवैको शतप्रतिशत समान धारणा बन्दैन ।

जसले आज असन्तुष्टि जनाइराख्नुभएको छ, उहाँहरूसँग पनि आग्रह छ, तपाईंहरूलाई आफ्नो देशका प्रधानमन्त्रीले बारम्वार औपचारिक पत्र लेखी बारम्वार आह्वान गर्दा वार्तामा आउनुभएन ।

तर, भारतका एकजना दूतले बोलाउनासाथ दूतावासमा जम्मा हुनुभयो । यसले नेपाली मन दुखाएको छ । समस्याको समाधान हामीभित्रैबाट सन्तुष्ट र असन्तुष्ट पक्ष मिलेरै निकाल्ने हो । संविधान संशोधनको प्रस्ताव संविधान पास भएको हप्तादिनबाट सुरु गर्न सकिन्छ ।  नयाँ पत्रिका दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here