–निमकान्त पाण्डे–
चिनियाा र भारतीय सत्तापक्षबीच एउटा गजबको भिन्नता पाइएको छ । गत भदौको २२ गते देखि असोजको १ गते सम्म चीन भ्रमणमा पुगेको १५ सदस्यीय पत्रकारहरूको टोलीसंग चीनका कुनै पनि ठाउामा आयोजित कार्यक्रमहरूमा चीन भित्र भएका गतिविधि र चीनले गर्न थालेको सडक विस्तार कार्यक्रमको मात्र जानकारी गराइयो । विकास निर्माणका कुराहरू गर्ने र व्यापारको वजार विस्तार गर्ने सन्दर्भ वाहेकअरु कुनै पनि चर्चामा रुचि नराख्ने चिनिया पक्षको चरित्र नै वनेको पाइयो । कुनै पनि कार्यक्रममा चीनका अधिकारीले अन्य कुनै तेस्रो देशकोवारेमा नकारात्मक टिप्पणी गरेको पाइएन । खासगरी भारतवाट नेपालमाथि राजनीतिक हस्तक्षेप भैरहने र चीन र भारतवीच द्वन्द छ भन्ने सुनिरहेका हामी पत्रकारहरूले चीनका पदाधिकारीहरूले भारत विरुद्ध केही बोलिहाल्छन् कि भनेर अन्तरक्रिया कार्यक्रममा जिज्ञासा राख्दा पनि चीनका पदाधिकारीहरू कसैले भारत वा अन्य कुनै तेस्रो मुलुक विरुद्ध बोलेको सुनिएन ।
यो पंक्तिकार दुई वर्ष अघि ३० जना पत्रकारहरूको टोलीका साथ भारत भ्रमणमा पुगेका बेला भारतका पदाधिकारीहरूले चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायतका तेस्रो मुलुकका विरुद्धमा कार्यक्रम नै संचालन गरे जस्तो अनुभव भएको थियो । खासगरी पाकिस्तान र चिनका विरुद्ध प्रचार गर्नकै लागि नेपाली पत्रकारहरूलाई आमन्त्रण गरिएको जस्तो लाग्ने भारतीय मित्रहरूको प्रस्तुती र चीनका मित्रहरूको प्रस्तुतिलाई तुलना गर्ने हो भने छिमेकी देशहरूसाग चीनले राम्रो सम्बन्ध बनाउन चाहन्छ भन्ने स्पष्टै वु¤न सकिन्छ । जवकी भारतको चाहना ठीक विपरीत रहेको वुझ्न कठिन छैन । आङ्खनो देशको गतिविधिवारे जानकारी गराउनु भन्दा अन्य देशहरू विरुद्ध नकारात्मक प्रचारवाजीमा लाग्न भारतीय मित्रहरू किन यति धेरै अगाडि देखिन्छन् ? आश्चर्यको विषय छ ।
भारतले–नेपाल विरुद्ध नाकाबन्दी गरिरहेका वेला चीनपक्षले देखाएको सदाशय पनि भारतपक्षलाई सैहीय भएको पाइदैन । तराईमा चीनको झण्डा जलाइनुका पछाडि भारतकै हात रहेको विश्लेषण गरिन्छ । नेपाल विरुद्ध नाकाबन्दी भारतले गरेको छ तर झण्डा चाहीा चीनको जलाइन्छ ! यसको कारण के हो ? तराई क्षेत्रलाई सडकमा उफारेर नेपालको अन्य भू–भागमा भारतले नाकाबन्दी गर्ने काम गरेपछि नेपालकै अनुरोधमा उत्तरतिरको नाका खुलाउने कायम चीनको सहयोग हुनु मानवियताको सच्चा उदाहरण हो । भारतले नेपालप्रति नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय कानुनको कानुनको उल्लंघन गर्दा समेत चीनले कुनै प्रतिक्रिया जनाएको छैन । मानवीय दृष्टिकोणले नेपाली जनतालाई संकट परेको वेला सहयोग गर्नु कुनै पनि छिमेकीको कर्तव्य हुन आउाछ । चीनले त्यही छिमेकीको कर्तव्य निर्वाह गर्ने सोच वनाउादा भारतको टाउको नदुख्नु पर्ने हो ।
गत वैशाख १२ गते नेपालमा गएको भूकम्प पछि भारतले गरेको सहयोग घोषणा र अहिले चीनले गर्न खोजेको सहयोगको भिन्नता छैन । नेपाली जनतालाई भूकम्पले दिएको पीडा भन्दा भारतको नाकाबन्दीले दिएको पीडा कैयौं गुणा वढी छ । भूकम्पको पीडाले भोकै मार्ने स्थिति थिएन, तर भारतको नाकाबन्दीले नेपाली जनतालाई भोकै मर्नु पर्ने अवस्था सृजना भैरहेको छ । मानवीय दृष्टिकोणले भारत नेपालको ठूलो दूश्मन सावित भैरहेको छ । भूकम्पलाई महा विनाशकारी भनेर सम्वोधन गरिन्थ्यो भने भारतले ‘महाहत्यारा×’को नामवाट सम्वोधन पाउने काम गरिरहेको छ । भारतको स्वतन्त्रताका निम्ति व्रिटिश साम्राज्यवादका विरुद्ध लडेका र ‘जेल भरो’ आन्दोलनमा महात्मा गान्धीलाई साथ दिएका नेपाली जनतालाई भारतले आज गरिरहेको दुव्र्यवहारको जति निन्दा कम हुनेछ । भूकम्पको पीडाले भर्खरै राहत महसूस गरिरहेका नेपाली जनता माथि असल छिमेकीको अन्याय वास्तवमै कल्पना नै गर्न नसकिने खालको भैरहेको छ । संकटमा परेका नेपालीलाई राहत उपलब्ध गराउनु पर्ने छिमेकीले गरिरहेको दुव्र्यवहार प्रति अर्को छिमेकीले सहानुभूति दर्साउनुलाई भारत विरुद्धको काम ठान्नु र झण्डा जलाएर रमाउन खोज्नु मूर्खताको पराकाष्टा हो ।