काठमाडौ, २१ असोज– भारतले लामो समयदेखि अघोषित नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा अवरोध गरेपछि नेपाल आयल निगमले ग्लोबल टेन्टरको अह्वान गर्दै इन्धन खदिरको प्रक्रिया अघि बढाएको छ ।
भारतले दुई साता देखि नाकाबन्दी गर्दै इन्धन आपूर्ति रोकपछि निगमले इन्धन आपूर्तिका लागि दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर टेन्डर आहृवान गरेको छ ।
टेण्डरमा स्वेदेशी तथा विदेशी सप्लायर्सहरुले भाग लिन सक्ने उल्लेख गरिएको छ । हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा निगमले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको हो।
निगमले इच्छुक सप्लायर्सहरुलाई तीन दिनभित्र टेण्डर भर्न पनि आहृवान गरेको छ ।