नेपालमा फ्यााकिएको दिल्लीको मधेसी र बाबुराम कार्ड

324

हुकुमबहादुर सिंह
नेपालमा संविधानको घोषणापछि रिसाएको भनिएको मोदी नेतृत्वको सरकारले अहिले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि दुईवटा कार्ड एकैसाथ फयाकेको छ । ती दुई कार्डहरूमा मधेसी मोर्चा कार्ड र बाबुराम कार्ड चर्चामा छन् । उसले फ्यााकेको पहिलो कार्ड जसलाई मधेस कार्ड भनिन्छ, मधेसलाई र साथै चुरीया क्षेत्रलाई कसरी उसको अधीनमा राख्ने भन्ने हो भने उसको दोस्रो कार्ड जसलाई बाबुराम कार्ड भनिन्छ, त्यसले नेपालको समग्र माओवादी जनयुद्धलाई उनकै मुखबाट विरोध गर्न र बदनाम गर्न लगाउने उद्येश्यले प्रेरित देखिन्छ । साथै उसको मधेस कार्डलाई भरपुर मद्त गर्ने देखिन्छ । मधेसी कार्ड र बाबुराम कार्ड दुवै नेपालको हित विपरित दिल्लीको हितमा काम गर्ने एकअर्काका पूरक देखिएका छन् ।
प्रथम कार्ड– मधेस कार्डले अहिले उसको समग्र रूप र चरित्र आम नेपाली जनताको अगाडि नाकाबन्दीको रूपमा अगाडि देखिएको अवस्था छ भने उसको दोस्रो कार्ड बाबुराम कार्डले एमाओवादीभित्र विघटन र बिखण्डनको प्रक्रिया सुरू भएको छ । यद्यपि उनले आफूलाई मधेसी मोर्चाको एउटा बलियो खेलाडी देखाउन हिन्दी भाषाका साथै कूर्ता सुरवालको भेषमा अगाडि ल्याएका छन् । भारतका लागि उनको यो भाषा र पहिरनले खासै अर्थ राख्दैन । उसका लागि त बाबुराम अझै एमाओवादीभित्रको एउटा शक्तिका रूपमा रहिरहेको देख्न इच्छुक देखिन्छ । त्यसैले बाबुरामले दिल्लीको इच्छा मुताविक आफ्ना सबै गुटीय नेताहरूलाई एमाओवादीभित्रै छाडेर एक्लै बाहिर आएको नाटक गरिहेका छन् । यो नाटकका दुइटा पक्ष छन् । प्रथम बाबुरामले बाहिर बलियो गरि खुट्टा टेकेपछि एमाओवादीबाट विद्रोह गरी बाबुरामको पार्टीमा जाने र प्रचण्डलाई नांगै बनाइदिने । दोस्रो बाबुरामलाई एमाओवादीको अध्यक्ष बनाएर फिर्ता गराउन प्रचण्डलाई भित्रबाट दवाव दिने । हुन त एमाओवादी, जसलाई उनले भूकम्पले भत्किएर रातो स्टिकर लगाएको घर भनेका छन्् र ‘संविधानसभाको एजेण्डा पार्टीबाट पारित गराउन प्रस्ताव गर्दा माओवादी(तत्कालिन)भूमिगतकालमै आफूलाई त्यसवेलाको नेतृत्वले मार्नेसम्मको योजना बनाएको थियो ।’ भन्नेजस्ता संगीन आरोप लगाएका छन् । बाबुरामका यी आरोपहरूले उनी अब यो पार्टीमा फर्केर आउने सम्भावना कमजोर देखिएको छ । तै पनि उनलाई बचाव गर्ने उनकै पार्टीका अर्का नेता देवेन्द्र पौडेलले भनेका छन् –‘बाबुरामले यो काम हठातमा गरेका होइनन्, करिब दुई वर्ष पहिलादेखि नै नेपालमा एउटा ‘नयाँ राजनीतिक शक्ति’को अवश्यकताबारे बहस चलाउने काम गर्दै आएका छन् । देवेन्द्र पौडेलको यो भनाईले बाबुराम अझै एमाओवादीमा माओवादी नभइकन पनि त्यसको अध्यक्ष बन्ने सम्भावना बलियो देखिन्छ ।

साथै मुलुकमा अहिले एमाओवादीको सान्दर्भिकता सकिएको उनले बताइरहदा, उनका पार्टीभित्रका हिजका गुटीए कमरेडहरू टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलजस्ता भने अझै एमाओवादीमा नै रहिरहनुले बाबुरामको एमाओवादीमै फर्कने सम्भावनाको आाकलन गर्नेहरूको पनि कमी छैन । तर उनको त्यसबेलाको नेतृत्वले मार्नेसम्मको योजना बनाएको थियो भनेर जब भनिरहेका छन् भने उनले स्पष्टसित समग्र माओवादी आन्दोलनसित नै नाता तोड्ने र माओवादीका विरोधीहरूले उठाइरहेका विगतका माओवादीका केही युद्ध अपराधजनित गल्ती, कमजोरीको स्वामित्व ग्रहण गर्नबाट आफ्नो मुक्तिका लागि मार्ग प्रशस्त गर्ने उनको एउटा चालाकि पनि हुन सक्छ ।

किनभने मलाई स्वयम तत्कालीन नेतृत्वले मार्नेसम्मको योजना बनाएको थियो‘ भनेर तत्कालिन नेतृत्वलाई त्यसको भारी बोकाउने कसरत उनले गरिरहेका छन् । प्रचण्डको नेतृत्वको यो एमाओवादीको भविष्यवारे उनी भन्दछन्– ‘पार्टीमा हालिमुहाली गर्दै आएका केही उच्च र खराब नेतृत्वका कारण एमाओवादीलाई सुधार्न सकिदैन्, त्यसले परिणाममुखी राजनीतिक नेतृत्व पनि दिन सक्दैन भन्ने स्पष्ट भएको छ । ’साथै प्रचण्ड अब केही दिनभित्र अख्तियारको कठघरामा उभ्याइने भनेर प्रचण्डप्रतिको उनको आक्रोस बाहिर आएका छन् । बाबुरामको नयाँ शक्तिको एउटा आकार करिब करिब बाहिर आई सकेको छ र त्यो भारतीय विस्तारवादको दिल्लीको बिल्ली शिसवाय केही होइन । संविधानको घोषणासंगै भारतको ग्राण्ड डिजाइन अहिले तीन तरिकाले अगाडि देखिएको छ । प्रथम मधेसी नेताहरूको दवावमा संविधानको संशोधनगरी समग्र तराई र चुरेलाई आफ्नो क्रीडास्थल बनाउने । द्धितीय नेपाली कांग्रेस, मधेसी दलहरू, एमाओवादीलाई मिलाएर सरकार गठन गर्ने । केपीलाई सरकार बाहिर राख्ने । उसलाई थाहा छ केपी ओलीमा जसरी पनि प्रधानमन्त्री बन्ने लालसा छ, भारतले यसो गर्दा एमालेका प्रधानमन्त्रीका लागि महत्वाकांक्षी के.पी.ओलीलाई उसका अगाडि पुरै आत्मसमर्पण गर्न लगाउने वातावरणको निर्माण हुन सक्ने आाकलन पनि ऊसित छ ।

यदि के.पी.ले उसको हितमा काम गर्न राजी भए परिणाम प्रचण्ड र बाबुरामको नयाँ शक्ति निर्माणको अभियानले उसका लागि खासै महत्व राख्दैन् र बाबुरामको अभियान घरको न घाटको बन्न जान्छ । यदि केपीले प्रधानमन्त्रीका लागि भारतसित आत्मसमर्पण गरेनन् भने उसको रणनीतिमा फेरबदल आउने छ र त्यो भनेको उसका लागि एमाओवादी नेता प्रचण्डलाई नेपालको राष्ट्रपति बनाएर थन्काउने र बाबुरामलाई एमाओवादीमा फिर्ता गराई एमाओवादीलाई बाबुरामको नयाँ शक्तिको नामाकरणभित्र नेपालको नयाँ संविधानलाई आफ्नो हितमा कार्यान्वयन गर्ने वातावरण निर्माण गर्ने । नेपाली कांग्रेसका शुसील कोइराला वा अन्य कोही प्रधानमन्त्री बनेमा भारतका लागि उसको हितमा वातावरण बन्ने सम्भानाको आाकलन भारतले गर्दै आएको छ । यसै सन्दर्भको वोरीपरि नै बाबुरामले प्रचण्डमाथि जे जस्ता संगिन आरोपहरू लगाएका छन्, त्यसले प्रचण्डमाथि बलियो दवाव सृजना गर्दै छ । नेपालको इतिहासमा नेपालले भारत र चाइना कार्ड नेपालको परराष्ट्र नीतिमा खेल्दै आएकोमा अब दिल्लीले एमाओवादीभित्र बाबुराम कार्ड खेल्दै छ भने नेपालको संविधान संशोधनका लागि मधेसी मोर्चाको कार्ड ।

मधेसी मोर्चाको कार्डका खल नायकहरू र एमाओवादीभित्र बाबुराम कार्डका खल नायकहरू दुवैले आखिरमा सार्वभौम र सशक्त नेपाल देख्न नचाहिरहेको भारतीय संस्थापन पक्षलाई मद्दत पुर्‍याउने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here