सीमा क्षेत्रमा नेपालीहरू असुरक्षित

112

काठमाडौ/भारतले विगत दुई सातादेखि लगाउादै आएको नाकाबन्दीका कारण नेपालको जनजीवन अस्तव्यस्त बनिरहेको बेला सीमा क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा चुनौतीसमेत थपिएको छ । भारतीय सुरक्षाकर्मीहरूले सीमा क्षेत्रमा रहेका नेपालीहरू तथा सीमा नजिकै रहेको भारतीय बजारमा गएका नेपाली महिलाहरूमाथिसमेत हातपात गरेपछि सीमा क्षेत्रका नेपालीहरूको सुरक्षा चिन्ता बढेको हो । भारतीय पक्षको आडमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल–भारत सीमा नाका बेलहिया ठप्प पारेपछि असुरक्षाको महसुस गर्दै नेपाली सवारी चालकहरूले समेत आफ्ना गाडी बेवारिसे अवस्थामा छाडेर नेपाल भित्रिने छन् ।
गत आइतबार दिउासोदेखि भारतीय बजारबाट नेपालतर्फ मालवाहक सवारी आउन नदिएको मधेसी मोर्चाले भारतीय भूमिमा बसेर आन्दोलन चर्काउादै केही नेपाली नागरिकलाई भारतीय भूमिमै कुटपिट गरेपछि मालवाहक गाडी बेवारिसे अवस्थामा छोडेर आउनु परेको चालकहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here