एनबीले २५ प्रतिशत बोनस सेयर दिने

183

काठमाडौं/ नेपाल बंगलादेश बैंकको २७४औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुाजीको २५ प्रतिशत बोनस सेयरको दिने निर्णय गरेको छ । साथै, कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशसमेत दिने निर्णय गरेको छ ।
सञ्चालक समितिको यो निर्णय राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै लागू हुने जानकारी दिइएको छ । २ अर्ब ४३ करोड चुक्ता पूाजी रहेको बैंकले गत बर्ष ७९ करोड रूपैयाा खुद नाफा कमाएको थियो ।
यो बैंकले एक वाणिज्य बैंकसाग मर्ज गरी २ अर्ब ५० करोड रूपैयाा पुाजी मर्जरबाट जुटाउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । यो बैंकको एनसीसी बैंकसाग मर्जरको कुराकानी भइरहेको जनाइएको छ । र, लगातार ३ वर्ष ३ अर्ब ११ करोड ३० लाख रूपैयाा बराबरको बोनस सेयर दिई चुक्ता पुाजी ८ अर्ब ४ करोड ४० लाख रूपैयाा पुाजी पुर्याउने बैंकको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here