केन्द्रीय कार्यसमितिले निर्णय नगरुञ्जेलसम्म त्यो आधिकारिक विषय होइन

163

पूर्णबहादुर खड्का, सहमहामन्त्री– नेपाली कांग्रेस
नेपाली कांग्रेस त राष्ट्रिय सहमतिको सरकारको पक्षमा देखिएनन नि ?
प्रधानमन्त्रीले विगतमा यो विषयमा आफूहरूबीच छलफल भएको हो, अब विगतमा भएका जे सहमति हुन् त्यसलाई संस्थागत गरेर जानु पर्छ भन्नु भएको छ ।
प्रधानमन्त्रीले एमालेलाई नेतृत्व दिने विषयमा सहमति भएको कुरा स्वीकार गर्नुभयो र ?
छलफलमा प्रधानमन्त्रीले यो कुरा भएकै हो भन्नु भयो । उहााले जे–जे सहमति हामीहरूबीचमा भए त्यसलाई आ–आफ्ना केन्द्रीय समितिमा लिएर जालान्, हाम्रो पनि केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकमा ती कुरा राख्छौं र केन्द्रीय समितिबाट सहमतिको आधारमा निर्णयमा पुग्छौं भनेर उहााले स्पष्ट कुरा राख्नु भएको छ ।
प्रधानमन्त्रीले केपी ओलीको नेतृत्वमा सरकार बनाउने कुरा गर्नु भएको हो ?
अहिले तपाईले भने जस्तो गरेर त म भन्दिन । प्रधानमन्त्रीले भनेको कुराको आधारमा पार्टीको केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ ।
एमालेको नेतृत्वमा सरकार बनाउन कांग्रेस बाधक बन्छ कि बन्दैन ?
अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादी मात्रै होइन अरु संसदमा रहेका दलहरू जो अब बन्ने सरकारमा आउन तयार हुनु हुन्छ सबै दलहरूलाई समावेश गरेर एउटा राष्ट्रिय सहमतिको सरकार निर्माणको आवश्यकता छ । त्यो राष्ट्रिय सरकारको पहिलो कर्तब्य अहिले विशेष गरेर हाम्रो छिमेकी भारतसागको सम्बन्धमा केही चिसोपन देखिएको छ । अप्रत्यक्ष रूपमा लगाईएको नाकाबन्दीले नेपाल र नेपाली अक्रान्त छन् । एउटा नयाा परिबेशमा नयाा परिवर्तित सन्दर्भमा नेपालका दलहरू, नेताहरू, सरकार एक ठाउामा उभिएर हामीले नयाा तरिकाले हाम्रा छिमेकी र मित्र राष्ट्रहरूसागको सम्बन्धको विषयमा छलफल गर्नु पर्छ ।
भारतसाग कुरा गर्न सहमतिकै नयाा प्रधानमन्त्री चाहिन्छ र ?
भारतसाग कुरा भइरहेको छ । बर्तमान सरकारले पनि कुरा गरिरहेको छ । अप्रत्यक्ष नाकाबन्दी कुटनीतिक तवरले हटाउने प्रयत्न गरिरहेको छ । राजनीतिक तहमा पनि भइरहेको छ ।
भारतले त नयाा सरकार गठन अघि नै संशोधनको प्रस्ताव गरेको छ नि ?
भारतले जो नेताहरूसाग कुरा गरेको होला, ती नेताहरूलाई आफ्नो सुझाव दिएको होला त्यो आफ्नो ठाउामा छ । तर संविधान संशोधनको कुरा त अहिले सरकारले विशेष गरेर समानुपातिक समावेशी र जनसंख्या, भुगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने लगायतका विषयलाई संविधान संशोधनमार्फत सम्बोधन गर्ने भनी मन्त्री परिषदबाट निर्णय गरेर कानून मन्त्रालयमा काम भइरहेको अवस्था छ । त्यो कुरा त अघि नै बढीसकेको छ । दलहरूको बीचमा छलफल पनि चलिरहेको छ । अहिलेको आवश्यकता भनेको सबै दलको बीचमा एकताको आवश्यकता छ ।
कांग्रेस र एमाले मिलेर सरकार बनाउादा संसदीय प्रणालीको मर्ममाथि प्रहार हुादैन र ?
हामीले पनि यो विचार सुनेका छौ । यो विचारलाई म सम्मान गर्छु । निश्चित रूपमा संसदीय प्रणालीको अभ्यासको क्रममा त्यो सिद्धान्त मानिन्छ । तर अप्ठ्यारो परेको बेलामा, मुलुकलाई आवश्यकता परेको बेलामा अहिले मात्रै होइन २०५६ सालको निर्वाचन नेपाली कांग्रेस र एमाले मिलेर सम्पन्न गरेका थियौं ।
प्रमुख प्रतिपक्षबिनाको संसद बन्दैछ ?
नियमित संसदीय प्रणालीको कुरा गर्नु भयो भने म पनि त्यही पक्षमा छु । अहिले पनि हामी दुई ठूला दल एक ठाउामा आयौं । प्रमुख प्रतिपक्षी भए पनि प्रचण्डजीले संविधान निर्माणको काममा सरकारमा भए जस्तै गरेर भूमिका निर्वाह गर्नु भयो । संविधान दिने बेलामा हामी एक ठाउामा उभियौं, हामीसाग यस्ता अभ्यासहरू छन । अब फेरि भारतसाग गम्भीरताका साथ कुरा गर्नु पर्ने छ त्यसकालागि एकताबद्ध हुनु पर्ने आवश्यकता छ । नेपालका राजनीतिक दलहरूको एकता आवश्यक छ । विगतदेखिनै आरोप लाग्दै आएको छ, नेपालका नेताहरू भारतमा आउाछन एउटाले एउटा कुरा गर्छन्, अर्कोले अर्को कुरा गर्छन् । दिएको बचन पुरा गर्दैनन्, काठमाडौंमा भेट्दा फरक फरक धारणा छ भन्ने आरोप पनि लाग्ने गरेको छ । त्यसैले अहिले नयाा परिवेशमा विगतका गल्ती कमीकमजोरीहरूलाई हामीले सच्याउादै कुनै पदमा पुग्नको लागि होइन नेपाल राष्ट्रलाई निर्माण गर्नको लागि, नेपाल र नेपालीको समृद्धिको लागि नयाा उचाई, नयाा प्रतिबद्धता, नयाा संकल्प, नयाा एकताका साथ भारत सरकारसाग हामीले हाम्रो स्वार्थलाई यकिन गरेर हामीले भन्नु पर्छ । छिमेकीहरूका पनि चासो हुन्छन भारत र चीनसागको हाम्रो खुल्ला सिमाना छ ।
यो बेलामा सम्बन्ध सुधारमा लाग्नुपर्ने बेलामा तपाईहरू विकल्प खोजिरहनु भएको छ ?
हामीले सबै छिमेकी मित्रराष्ट्रहरूसाग सद्भाव राख्नु पर्छ । सबैसाग राम्रो सम्बन्ध राख्नु पर्छ । नेपाल र नेपालीको उन्नती र प्रगतिलाई मुल लक्ष्य बनाएर हामीले काम गर्नु पर्छ । अहिलेको बेलामा हामीले एउटा नयाा संकल्प, एउटा नयाा दृष्टिकोणसहित एक भएर एक स्वरमा, एक बचनमा सबै तहका नेताहरूले चाहे राजनीतिक तहमा चाहे प्रशासनिक तहमा भेट्दा एउटै विचार, एउटै दृष्टिकोण नेपालको तर्फबाट राख्ने एउटा नयाा संकल्पको आवश्यकता छ । नयाा संकल्प र प्रतिबद्धताका साथ हामीले भारतसाग विभिन्न तहमा, विभिन्न राजनीतिक दलका नेताहरूसाग हाम्रो राष्ट्रको स्वार्थको सीमा यो हो, हामीले मुलुकलाई यसरी अगाडि बढाउन चाहन्छौ । तपाईहरूसागको ऐतिहासिक सम्बन्धलाई अझै विस्तारित र समृद्ध बनाउन चाहन्छौ । हाम्रा कुरा यी हुन्, नेपालसाग जोडिएका तपाईका स्वार्थहरू के हुन् भन्ने विषयमा छलफल गरेर स्थायी रूपमा समाधान गर्न चाहन्छौ । राष्ट्रिय रूपमा हामी यसरी आएका छौं भनी आाखा जुधाएर नेपालले भारतसाग बार्ता गर्न जरुरी छ, विश्वासको जग बसाउन जरुरी छ । हामीप्रति अविश्वास हुन सक्छन्, विगतमा कतिपय नेताहरूको बोलीको कारण अविश्वास पैदा भएको हुन सक्छ त्यसैले नयाा संकल्प, नयाा उचाई र नयाा भरोसाका साथ पहिलो चरणमा भारतसाग त्यसपछि चीनसाग त्यसपछि अरु मुलुकहरूसागपनि बार्ता गर्न जरुरी छ ।
तीन दलले विशेषदूत नयाा दिल्ली पठाउन लाग्नु भएको हो ?
यो ढिला भईसक्यो । यो समस्या जतिबेला सुरु भएको थियो त्यो बेला नै पदाधिकारी बैठकमा, सत्ताधारी दलहरूको बैठकमा पनि विशेष दुत वा टोली पठाउन जरुरी छ भनेका थियौ । मलाई त अचम्म लागेको छ , यस्तो अवस्था हुादा भारतकोलागि नेपाली राजदुत दिपकुमार उपाध्याय एक साता काठमाडौमा आएर बस्नुभयो ।
दीपकुमार उपाध्यायको पहलप्रति तपाईहरूको असन्तुष्टि छ ?
दिपकुमार उपाध्यायले आफ्नो ढंगले काम गर्नु भएको छ, मेहनत गर्नु भएको छ । नाकाबन्दी भएको यस्तो कठिन बेलामा २४ घण्टाभित्र उहाालाई दिल्ली फिर्ता पठाउनु पर्दथ्यो प्रधानमन्त्रीले । सात आठ दिन यहाा बस्नु भयो त्यो समय उहााले त्यहाा खर्च गर्नु पर्दथ्यो ।
तपाई केपी शर्मा ओलीको नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?
सरकारमा जाने नजाने कुरा गौण हो तर संविधानको कार्यान्वयन, पुनर्निर्माण, संविधान संशोधन, भारतले लगाएको अघोषित नाकाबन्दी कारण उत्पन्न कठिन परिस्थितिमा सबै दलहरू एक ठाउामा उभिनुपर्ने आवश्यकता छ । मेरा लागि सत्ता गौण हो, मुलुक महत्वपूर्ण हो, नेपाली जनताले पाएको दुख महत्वपूर्ण हो, दलहरूको एकता महत्वपूर्ण हो । हामी नियमित संसदीय अभ्यासमा छैनौ त्यसमा जान पनि संविधानको कार्यान्वयन आवश्यक छ । संरचना निर्माणको आवश्यकता छ । संघीयता बनाउनु छ । नयाा प्रदेशको निर्वाचन र नयाा संसदको निर्वाचन भईसकेपछि पहिलोले सरकार र दोस्रोले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्नु पर्छ ।
१६ बुादे सम्झौता हुादा केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सम्झौता भएको थियो ?
म आफू सहमति गर्ने ठाउामा थिईन । चार दलका नेताहरू बसेर गरेको सहमतिमा म छैन । नेताहरूले भन्नु भयो हाम्रो सहमति भएको हो, छलफल भएको हो, केन्द्रीय कार्यसमितिमा त्यो विषयमा छलफल गराउाछु र निर्णय गराउाछु भनिसकेपछि त्यसमा शंका गर्ने कुरा छैन । केन्द्रीय कार्यसमितिले निर्णय नगरुन्जेलसम्म त्यो आधिकारिक विषय होइन । ब्यक्तिगत कुरा हो । मेरो धारणा चााही यो संविधान कार्यान्वयन गर्न र चुनौती सामना गर्न कांग्रेस, एमाले र एमाओवादीसहित जो जो सरकारमा आउन चाहनु हुन्छ ल्याउनु पर्छ भन्ने धारणा हो । नेताहरूले हिजो जे सहमति गर्नु भएको छ त्यसमा अड्नु पर्छ । सहमति गर्ने र गराउने नेताहरूले आफ्नो केन्द्रीय समितिमा त्यो एजेण्डा लगेर सबैको चित्त बुझाएर सभापतिको पक्षमा निर्णय गराउाछौ ।
कांग्रेसभित्र बरिष्ठ नेता शेरबहादुर देउवा पक्षहरूले सुशील कोइरालाला फेरि प्रधानमन्त्री बनाउन चाहनु हुन्न ?
प्रत्येक पार्टीमा विचार गुट छ । तर दोस्रो संविधानसभापछि हामी एक भएर उभियौं र सरकारलाई साथ दियौं । अहिले पनि कांग्रेसमा ब्यक्तिगत विचार फरक छ, तर बैठकले निर्णय गर्दा सर्वसम्मतिले गर्छ ।
– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here