काठमाडौँ, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका छन् । शनिबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा एमाले अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गराएका हुन भने कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थकमा उपसभापति रामचन्द्र पौडेल रहेका छन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गराउँदा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी, एमाओवादी अध्यक्ष दाहाल, नेकपा९माले०का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगाएतका नेताको उपस्थित रहेको थियो । अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्ने राजनीतिक दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र नेपाली जनता दल लगाएतका १६ दलले समर्थन गरेका छन् ।
काँग्रेसको शनिबार बिहान बसेको केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले कोइरालालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । केन्द्रीय समितिको निर्णय अनुसार कोइरालाले आफ्नो राजिनामा राष्ट्रपति रामवरण यादललाई बmुझाएर पुनः प्रधानमन्त्रीको उम्मेद्वारी दिएका हुन