काठमाडौँ, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक बहुमतले निर्वाचित भएका छन् । ओलीले कुल मतको ३३८ मत प्राप्त गरि प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । कुल ५८७ मत खसेकोमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गरेका छन् ।
ओलीको प्रस्तावकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालेलगायत दलहरुले गरेका थिए । ओली नेपालको मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
ओलीको पक्षमा नेकपा एमालेका १८३ सांसद, एकीकृत नेकपा माओवादीका ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका १४ संसदले मतदान गरेका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा माले ५, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्ट्रिय पार्टी, नेकपा संयुक्तका तीन सांसदले पनि ओलीलाई मतदान गरेका थिए ।
ओली नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं ७ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित भएका हुन ।