नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया एकछिनपछि सुरु हुँदै

287

काठमाडौँ, २४ असोज । नेपालको ३८ औँ प्रधानमन्त्री चयन प्रक्रिया केही समय पछि सुरु हुँदै छ । नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री पदको निर्वाचन व्यवस्थापिका–संसद् भवन बानेश्वरमा सुरु हुन लागेको हो ।

प्रधानमन्त्रीको निर्वाचनमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका सभापति कोइरालालाई पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा प्रस्तावक र उपसभापति रामचन्द्र पौडेल समर्थन गरेका छन् भने एमालेका अध्यक्ष ओलीलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here