नेकपा–माओवादीद्वारा सबै माओवादीहरुलाई एकताबद्ध गर्ने निर्णय

249

काठमाडौँ, २५ असोज– मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले एमाओवादी सहितका सबै माओवादीहरुसँग पार्टीसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

आइतबार माओवादीको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष मोहन वैद्यले क्रान्तिकारी कम्युनिस्टसँग एकता गर्नुपर्ने ऐतिहासिक आवश्यकता तथा पार्टीको दायित्वबारे बैठकमा गम्भीर छलफल भएको जानकारी दिए । वैद्यले
माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवादलगायत पहिलेदेखि पार्टीले प्रस्तुत गर्दै आएको ६ बुँदे मान्यताका आधारमा एकता गर्न आवश्यक पहल तथा सम्बन्धित सबैलाई विशेष आह्वान गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले नयाँ संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता तथा सङ्घीयतालगायत कतिपय विषय सकारात्मक देखिए पनि संविधानले श्रमजीवी वर्ग तथा उत्पीडित समुदायका हकहितको सुनिश्चितता गर्न नसकेको ठहर गरेको छ । साथै पार्टीले नेपालको आन्तरिक मामिलामा भारतले गरेको हस्तक्षेप तथा अघोषित नाकाबन्दीको भत्सर्ना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here