हवाइ इन्धन आपूर्तिको जिम्मा वायुसेवा निगमलाई

431

काठमाडौँ, २६ असोज । नेपाल आयल निगमले हवाइ इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल वायुसेवा निगमलाई दिएको छ ।

आयल निगम व्यवस्थापन समितिको सोमबार बसेको बैठकले इन्धन आपूर्तिको जिम्मा वायुसेवा निगमलाई दिने निर्णय गरेको हो । वायु सेवा निगमले हवाइ इन्धन आपूर्तिका लागि मनसायपत्र दर्ता गराएकाले आयल निगमले सो निर्णय गरेको हो ।

भारतले अघोषित नाकाबन्दी गरी पेट्रोलियम पदार्थको आयातमा रोक लगाएपछि निगमले गएको विहीबार अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ आयातका लागि मनसायपत्र आह्वान गरेको थियो । निगममा इन्धन आपूतिका लागि २३ वटा विभिन्न फर्म तथा कम्पनीले निवेदन दिएका थिए । हवाइ इन्धन आपूर्तिका लागि नेपाल वायु सेवा निगमलाई जिम्मा दिइएपनि अन्य पेट्रोलियम पदार्थ आपूर्ति गर्न भने कस्लाई दिने भन्ने निर्णय हुन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here