काठमाडौँ, २७ असोज । प्रमुख सत्तारूढ दल नेकपा एमाले र एमाओवादीका बीचमा राष्ट्रपति, सभामुखलगायत तथा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी वितरणका विषयमा सहमति भएको छ ।
सहमतिमा एमालेलाई राष्ट्रपति दिने तथा एमाओवादीलाई आठ मन्त्रालय दिन अनौपचारिक सहमति भएको बताइएको छ । त्यस्तै सभामुख भने एमाओवादीले पाउने भएको छ । राष्ट्रपतिमा एमालेले उपाध्यक्ष विद्यादेवी भण्डारी र सभामुख सुवास नेम्बाङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
एमाओवादीलाई सभामुख र गृहसहित आठ मन्त्रालय दिने सहमति भएको छ ।
नयाँ संविधान जारी भएको २० दिनभित्र सभामुख, उपसभामुख र एक महिनाभित्र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था अनुसार सत्तारुढदलहरुबीच महत्वपूर्ण पदको बाँडफाड तथा निर्वाचनको तयारी भएको हो ।