नाकाबन्दीले नेपाली झुक्दैननः खनाल

298

भक्तपुर, २७ असोज । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतको नाकाबन्दी सामु नेपालहरु नझुक्ने जनाएका छन् । उनले भारतले जतिसुकै लामो नाकाबन्दी गरे पनि नेपाल र नेपालीलाई कुनै हालतमा झुकाउन नसक्ने जनाएका हुन ।

मंगलबार भक्तपुर नगरपालिका–११ भेलुखेलमा अमेरिकन, क्यानेडियन र फ्रान्सका नागरिकले भूकम्पपीडितका लागि बनाइदिएको ११ वटा अस्थायी आवास गृह तथा एउटा विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै नेता खनालले नेपाल कसैसँग नझुक्ने उल्लेख गरेका हुन ।

खनालले भने “भारतले बुझे हुन्छ, हामी राष्ट्रियता, स्वाभिमान, सार्वभौमिकतामा कोहीसँग झुक्दैनौँ , नेपाल र नेपाली कोहीसँग पनि कहिले पनि झुक्दैनन, बरु जस्तोसुकै कठिनाइ भोग्न तयार छन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here