भूकम्पपीडित दृष्टिविहीन जोडीलाई मल्लको सहयोग

97

कलाकार कृष्ण मल्लले भूकम्पपीडित दृष्टिविहीन एक परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
मल्लका बेलायत निवासी मित्र इशा गुरुङले बेलायतमा बसोबास गरेका नेपालीहरूबाट उठाएको १ लाख ११ हजार रूपैयाा मल्लले दृष्टिविहीन परिवारलाई उपलब्ध गराएका हुन् ।

मल्लले आइतबार आफ्नै घरमा बोलाएर दृष्टिविहीन सुशील थापा र सुनिता थापालाई उक्त रकम हस्तान्तरण गरेका थिए । मैनबत्ती उत्पादन तथा बिक्री गर्दै आएका थापा परिवारको मेसिन भूकम्पमा परी नष्ट भएको थियो ।
मेसिन पुरिएको चिन्ताले गाउा फर्कने सुरमा रहेका उनीहरूलाई मल्ल परिवारले यसअघि पनि १० हजार सहयोग गरेको थियो । यसअघि गत साउनमा शर्मिला मल्लको जन्मदिन पारेर १० हजार सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here