सामसुङको ‘ग्यालेक्सी जेट टु’ बजारमा

86

सामसुङको ‘ग्यालेक्सी जेट टु’ नेपाली बजारमा बिक्री सुरु भएको छ । प्रिमियम फिचर्सयुक्त जेट टु ४.७ इञ्चको क्युएचडी सुपर एमोलेड डिस्प्ले भएको थ्रीजी स्मार्टफोन हो । नेपाली बजारमा जेट टुको मूल्य १३ हजार ४ सय ९० रूपैयाा तोकिएको छ । यसमा १.३ गीगाहर्ज क्वार्डकोर प्रोसेसर, १ जीबी र्‍याम, ८ जीबी आन्तरिक मेमोरी रहेको छ । आन्तरिक मेमोरी आवश्यकताअनुसार माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसको पछाडि ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । जसमा अटोफोकस एलईडी लाइट रहेको छ । अगाडि २ मेगापिक्सेल क्यामेरा रहेको हुादा उत्कृष्ट सेल्फी खिच्न सकिने कम्पनीले जानकारी दिएको छ ।
स्मार्टफोनमा २ हजार एमएएच लिओन ब्याट्री प्रयोग गरिएको छ । जेट टु सेलो, कालो र सुनौलो कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here