स्वेताले भनिन्– ‘उहााको आत्मा खुशी भएको छ’

1738

नायिका श्वेता खड्काले नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झदै उहााको आत्मा खुशी भएको जनाएकी छिन् । काठमाडौंमा सोमबार सम्पन्न ‘तेस्रो इनास अवार्ड’मा श्रीकृष्णलाई प्रदान गरिएको ‘अमर तारा’ सम्मान ग्रहण गर्दै उनले भनिन्, ‘यदि उहााले कतैबाट यो हेरिरहनुभएको छ भने उहााको आत्मा खुशी भएको छ भन्ने मलाई लागेको छ । म यो उहाालाई सेयर गर्न चाहन्छु ।’
नायिका खड्काले आफूलाई यस्तै माया, हौसला र साथ दिन आग्रह गर्दै भनिन्, ‘मलाई यस्तै हिम्मत दिनुहोस् । म उहााले जस्तै काम गर्ने कोसिस गर्नेछु ।’
नायिका खड्काले श्रीकृष्णको कामलाई यति धेरै सम्मान र माया दिएको भन्दै आयोजकलाई धन्यवाद दिइन् । यो क्षेत्रमा श्रीकृष्ण भएकाले आफूले पनि बोल्न सक्ने हिम्मत पाएको श्वेताको भनाइ थियो ।
श्रीकृष्णले आफ्नो अन्तिम अवस्थासम्म काम गरेर नेपाली चलचित्रलाई ‘कोहिनुर’जस्तो चलचित्र कोशेली छाडेर गएको उनको भनाइ थियो । श्वेताले आफू फेरि पनि चलचित्र क्षेत्रमा काम गर्न चाहेको भन्दै श्रीकृष्णको जस्तै काम गर्ने प्रण गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here