प्रभुको बिङ्गो योजनाका २३ जना बिजेता घोषणा

202

प्रभु मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वको अवसर पारेर ल्याएको प्रभुको विङ्गो अफरअन्तर्गत यस साताका बिजेताहरू सार्वजनिक गरेको छ । एक सातामा २३ जनाले प्रभु विङ्गोबाट एक लाख रूपैयााभन्दा बढी रकम प्राप्त गरेका छन् भने एक जनाले मलेसिया–काठमाडौंको टिकट समेत जितेका छन् । अफरअन्तर्गत मलेसिया–काठमाडौंको टिकट मनोज परियारले जितेका छन् । टिकट बिजेताको नाम एयर एसियाको नेपाली जीएसए कम्पनी इन्सेन्टिभ टुर्स एण्ड ट्राभल्सका कार्यकारी निर्देशक हरिमान लामाले लक्की ड्रमार्फत छनौट गरेका हुन् ।
यसैगरी यज्ञकुमारी राउत, चन्द्र अधिकारी, अलि हुसेन मियाा तेली, सुनिता मगराती, इन्द्रबहादुर चर्मकार, धनबहादुर तामाङ, कविताकुमारी उरा, राजकुमारी देवी मलहा र सरस्वती बस्यालले नगद पुरस्कार जितेका छन् ।
एमडी राहमाथुला कवरी, उपीन्दर महरा, सुभाष तामाङ, हेमकुमार काम्वाङ, विक्रम राई, मुना लाप्चा, पुनबहादुर थापा, सब्नम खातुन, पार्वती राई, परशुराम घिमिरे, उमा ढुंगाना, अशोक गुरुङ, तारा तिमल्सिना, दिवान राईले पनि नगद पुरस्कार हात पारेका छन् । प्रभुको विङ्गो अफर मंसिर १ गतेसम्म लागू हुने र हरेक हप्ता प्रभु मनी ट्रान्सफरले बिजेताको नाम सार्वजनिक गर्दै जाने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here