म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापा सहित चार खेलाडी पक्राउ

384

काठमाडौँ, २८ असोज । महानगरीय अपराध महाशाखाको टोलीले म्याच फिक्सिङ गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसागर थापासहित चार खेलाडी र एक प्रशिक्षकलाई पक्राउ गरेको छ ।
बुधबार कप्तान थापासँगै खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई तथा प्रशिक्षक अञ्जान केसीलाई पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेल मिलेमतोमा लापरबाही गरी राष्ट्रको छविमा आँच पु¥याएकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । “झन्डै एक महिना गहिरो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको हो । देशको छवि धमिल्याउने गरी खेलमा धाँधली गरेको र राष्ट्रिय टीमको मात्र नभई सम्पूर्ण नेपाली जनताको विश्वासमा कुठाराघात गरेकाले पक्राउ गरिएको हो । कप्तान थापालाई थापाथली, विकाससिंह थापा र अञ्जान केसीलाई जावलाखेल र रितेश र सन्दिप राईलाई बालुवाटारबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका सबै अभियुक्तहरुलाई हिरासतमा लिई अनुसन्धान भइरहेको र उनीहरुलाई सङ्गठीत रुपमा राज्य विरुद्धको अपराध शीर्षकमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here