ओलीको राजकीय यात्राको पहिलो अप्ठेरो गल्छोंडो

156

चन्द्रप्रकाश बानियाा

व्यवस्थापिका संसद्को भव्य बहुमतबाट एमाले नेता खड्गप्रसाद ओली देशको ३८औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका छन् । व्यक्तिगत हिसाबले देशको कार्यकारी प्रमुखको पद प्रतिष्ठा हासिल गर्न सफल हुनु महत्वपूर्ण उपलब्धि हो । तर देशका लागि भने व्यक्तिको पद प्रतिष्ठासाग कुनै लिनुदिनु रहादैन । देशको लागि महत्वपूर्ण ठहरिने कुरा भनेकै पदासीन हुन आउनेले प्रदर्शन गर्ने कार्यकुशलता र उत्तरदायित्व निर्वाहमा देखाउने व्यवहारकुशलता हो अर्थात् पदमा आसीन हुने अवसर प्राप्त गर्ने व्यक्तिबाट आफूले पाएको अवसरलाई राष्ट्रकल्याण र समाजहितमा कति कुशलता र इमानदारीपूर्वक उपयोग गरिन्छ भन्ने कुरा मुुलुकका लागि महत्वपूर्ण हुन्छ । व्यक्तिका लािग पनि कुनै कुरा प्राप्त गर्नुभन्दा प्राप्त गरिएको वस्तुको उपयोग कसरी गरिन्छ भन्ने कुराले बढी महत्व राख्छ । ‘भिल्लका देशमा मणि’ भनेझौ प्राप्त उपलब्धिहरू उपयोगिताविहीन ठहरिने परिस्थिति निर्माण भयो भने सारा उपलब्धि रछानमा मिल्किने र महत्वहीन बन्ने सम्भावना निम्तिन्छ । निकै अप्ठ्यारो परिस्थितिको चक्रव्यूहमा फसेको नेपालका लागि भर्खर गद्दी–आसीन भएका ओलीको बुद्धि, विवेक, चेष्टा र सुझबुझ फलदायी सावित हुन्छ अथवा थप पीडा र भुक्तमानको कारण बन्छ भन्ने कुराको गतिलो परीक्षण हुने बेला आएको छ भन्दा फरक पर्दैन ।
सुकीर्ति दिलाउने सुकामले हो । ऐश्वर्य र सुकीर्ति फरक कुरा भए पनि दुवैको समान चाहना हरेक मान्छेमा रहन्छ । मानवजुनीको एकमात्र अभीष्ट त्यही रहेको हुन्छ भन्दा पनि फरक पर्दैन । तर एकैसाथ दुवै चीज प्राप्त गर्नु भने सजिलो हुादैन । त्यस्तो उपलब्धि व्यक्तिगत व्यवहारकुशलता र बुद्धिमत्तामा मात्र पनि निर्भर रहादैन । यति बेलाको परिस्थिति प्रधानमन्त्रीका लागि ‘बसी सुख न उठी सुख’ भनेजस्तो अप्ठ्यारो छ । हुन त ‘हरेक कालो बादलमा चाादीको घेरा हुन्छ’ भनेजस्तो सफलताका सम्भावनाहरू हरेक अप्ठ्यारो–सप्ठ्यारोमा सधैं र सर्वत्र रहेका हुन्छन् । समय, परिस्थिति, परिवेश र सुदूर भविष्यको सम्यक् लेखाजोखा गरेर कदम चलाउन सक्ने खुबीले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि सफलता दिलाउन सक्तछ । मुलुकले ओलीबाट अपेक्षा गरेको कुरा त्यही हो । सानो चुक हुादा आफू मात्र होइन सिंगो मुलुक समेत डुब्न सक्ने नाजुक परिस्थिति विद्यमान रहेको हुनाले ओलीका लागि उनको दुईवर्षे कार्यकाल कठिन अग्निपरीक्षा सावित हुनेछ भनेर समाजले अनुमान गरेको हो ।
बिहानले दिनको संकेत गर्छ । ओली सरकारसमक्ष विशाल सुरसा मुख खोलेर उपस्थित पहिलो चुनौतीको रूपमा भारतीय नाकाबन्दी रहेको छ । यही एउटा समस्या समाधानमा उनले प्रदर्शन गर्ने कार्यकुशलता सिंगो कार्यकालको सफलता असफलताको पूर्वानुमान गर्ने आधार बन्नेछ । समस्याको जड देशभित्र मात्र होइन, बाहिर समेत पुगेको छ भनेर अनुमान गरिन्छ । अझ खुलेर भन्नुपर्दा नाकाबन्दीको मुख्य कारण मधेस–थरुहटको असन्तुष्टि मात्र होइन, भारतकै असन्तुष्टि समेत हो र यी दुवै कुरा एकअर्काबाट पृथक् गर्नै मिल्दैन भन्ने अनुमान पनि गरिन्छ । तर मधेसको समस्या समाधान नभए पनि तत्कालको लागि नाकाबन्दीको समस्या समाधान हुनसक्छ । किनकि यो विषयमा भारत र नेपाल दुवै पक्ष धेरै लामो समयसम्म यथास्थितिमा रहिरहन सक्तैनन् । घााटीमा सुर्केपासो लगाएको जस्तो अवस्थामा नेपाल धेरै दिन टिक्न सक्तैन । भारतले लाज नमानीकन अड्डी लिइदिने हो भने नेपालसाग लत्रिनुको विकल्प रहादैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बदनामीको नैतिक दबाबले भारतलाई पनि धेरै दिन अडिन दिनेछैन । त्यसमाथि थप भारतीय सत्तापक्षसाग निकट मानिएका कमल थापाको परराष्ट्रमन्त्रीको रूपमा भएको नयाा नियुक्तिले पनि सकारात्मक भूमिका निर्वाह गर्ला भनेर आशा गर्न सकिन्छ । यसरी यो कोणबाट हेर्दा राजकीय यात्राको मार्गमा रहेको पहिलो र अप्ठ्यारो गौंडो ओली सरकारका लागि त्यत्ति दुरुह होलाजस्तो देखिादैन ।
समस्याको समाधान निस्केछ भने पनि भारतले कथंकदाचित् आफ्नो हात तल पर्ने गरी समस्याको समाधान खोजी गर्ने कुरामा रुचि देखाएन भने ओलीले पछिल्लो कालखण्डमा ‘राष्ट्रिय अडानको प्रखर प्रतीक’ को रूपमा आर्जन गरेको सामाजिक प्रतिष्ठा दाउमा पर्नेछ । ‘नखाऊा दिनभरिको शिकार, खाऊा भने कान्छा बाबुको अनुहार’ भनेजस्तै नवगठित सरकारलाई धर्मसंकटमा पारिदिने सम्भावना टड्कारो देखिन्छ । सफलता वा असफलता दुवैले ओलीको वास्तविक चरित्र दुनियाासामु सार्वजनिक गरिदिनेछ । अर्थात् पचासको दशकमा उनले प्रदर्शन गरेको भारतभक्ति र यतिबेला देखाउन थालेको राष्ट्रिय अडानमध्ये कुनचाहिा सत्य हो भन्ने कुराको खुलासा भएको हेर्नेबुझ्ने अवसरको प्रतीक्षा अब धेरै गर्नुपर्ने छैन । दुई दशकयताको लामो राजनीतिक अभ्यास रत्नाकरलाई वाल्मीकिमा रूपान्तरण गर्न सफल भएको हो होइन भन्ने कुरा पनि समाजसामु स्पष्ट हुनेछ ।
जस–जसले जे–जे भन्दै आएको भए पनि मुलुकको मुख्य समस्या मधेसको असन्तुष्टि नै हो । प्रदेश विभाजनका सन्दर्भमा देखापरेको सीमा समस्याको सम्बन्धमा यतिञ्जेल देखिएको सरकारी दृष्टिकोणमा परिवर्तन हुने संकेत गच्छदारसाग भएको पछिल्लो सहमतिले देखाएको छ । तर गच्छदार स्वयं मन्त्रीमण्डलमा सामेल भइसकेपछि पनि आफ्ना मागमा दृढतापूर्वक अडिएलान् भनेर कसैले पत्याएको छैन । मधेससाग सम्झौता गर्दै तोड्दै आएको राज्यको परम्परागत नेतृत्ववर्गले यस पटक पुरानो उदाहरण तोड्ला भनेर पत्याउन पनि सकिादैन । ओलीको राष्ट्रिय अडान भारतभन्दा बढी मधेसविरुद्धको हो भन्ने कुरा नाङ्गो सत्य हो । समस्या समाधानका लागि मधेसी मागसमक्ष घुाडा टेक्नुपर्ने अवस्था आयो भने नेपाली (पहाडी) समाजमा निर्माण भएको ओलीको भीमकाय राष्ट्रवादी धरहरा सिसमहलझौ गल्र्यामगुर्लुम्म ढल्नेछ । देशको साझा समस्यालाई ‘राष्ट्रवाद’ को नक्कली गाउनले छोप्ने प्रपञ्चको मूल्य स्वयं ओलीका लागि अत्यन्त महागो सावित नहोला भन्न सकिन्न ।
मुलुकमा उत्पन्न विषम परिस्थितिको सामना गर्न बृहत् राष्ट्रिय एकताको खााचो स्पष्ट देखिएको छ । यहीानेर बिर्सिन नमिल्ने कुरा के हो भने मधेसविनाको एकताले कुनै अर्थ राख्दैन र विजय गच्छदारको सहमति वा सहभागिताले मधेसी भावनाको प्रतिनिधित्व गर्न पनि सक्तैन । राजनीतिक हिसाबले नेपाली कााग्रेस र समुदायका हिसाबले मधेसको सहमति, सहयोग, समर्थन र स्वीकृतिविना यतिबेलाको राष्ट्रिय कार्यभार पूरा हुन सक्तैन । त्यही प्रयोजन सिद्धिहेतु सत्तासाझेदार एमाओवादीसाग सत्ताको भागबण्डा गर्दा ‘राष्ट्रपति’ पद जगेडामा राखिएको हुनुपर्छ । त्यसलाई मधेस र कााग्रेसमध्ये कमसेकम एउटालाई एकताको सूत्रमा बााध्ने चारो बनाउन सकिएला भन्ने सरकारी आशय रहेको हुनसक्छ । यो अवधिका लागि सााच्चै नै नेपाली कााग्रेसले सत्ताबाट संन्यासको घोषणा गरेको हो भने मधेसलाई प्रदान गर्न सकिने सर्वोत्तम उपहार राष्ट्रपतिको पदलाई ठानिएको होला । तर त्यसका लागि पनि मधेसीका मुद्दाहरूको कुनै न कुनै रूपमा सम्बोधन हुनैपर्ने देखिन्छ । भारत र मधेस दुवैलाई समस्या मानेर सगोलमा समाधान खोज्ने प्रयत्न गर्दा कथित राष्ट्रिय अडानको तिलाञ्जली दिनुपर्ने हुनेछ अर्थात् मुलुकको समस्या समाधान गर्न खोज्दा आफ्ना चट्टानी अडानहरू परित्याग गर्नैपर्ने र अडानरूपी घोचो च्यापिरहने हो भने मुलुक थप समस्यामा पर्दै जाने चौपट्टै पेचिलो परिस्थितिमा ओलीको राजकीय यात्रा सुरु भएको छ । उनको चुट्किले चरित्र ‘सर्प मर्दा पनि लठ्ठी साबुत रहने’ परिस्थिति निर्माणको सूत्र निकाल्न सफल होला कि नहोला भन्ने व्यग्र जिज्ञासा समाजमा व्याप्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here