घले पुनः एनआरएनए अध्यक्षमा निर्वाचित

262

काठमाडौ, २९ असोज– गैरआवासीय नेपाली सङ्घ –एनआरएनए(को अध्यक्षमा शेष घले पुनःनिर्वाचित भएका छन् । काठमाडौमा भएको संघको निर्वाचनमा घलेले निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई ८६७ मत ल्याएर पछि पार्दै विजयी भएका हुन उनका प्रतिस्पर्धी कार्कीले २२६ मत ल्याएका थिए ।

त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित भएका छन् भने महासचिवमा बद्री केसीले ५५५ मतका प्राप्त गरेर विजयी भएका छन् । सचिवमा अर्जुनकुमार श्रेष्ठले ३९१ र कोषाध्यक्षमा हिक्मतबहादुर थापाले २६४ मत ल्याएर विजयी भएका छन् त्यस्तै युवा संयोजककमा विजय पोखरेल, उपसंयोजकमा लोकराज शर्मा, महिला संयोजकमा सपिला राजभण्डारी, महिला उपसंयोजकमा राजनी प्रधान विजयी भएका छन् ।

त्यसैगरी अमेरिका संयोजकमा सेनाम लामा, अमेरिका उपसंयोजकमा आङ छिरिग शेर्पा, एसिया प्यासिफक संयोजकमा किरण विक्रम थापा, युरोप संयोजकमा कुल आचार्य निर्वाचित भएका छन् । युरोप सह संयोजक दाबा शेर्पा र प्रेम गुरुङ, गल्फ संयोजकमा डीबी क्षेत्री, गल्फ उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here