मधेसी आवरणमा बिखण्डनकारीहरू आन्दोलनको अगुवाई गर्दै
काठमाडौं– सीमांकन र संविधानसभाले तराईका माग सम्बोधन नगरेको भन्दै झण्डै दुई महिनादेखि सुरु भएको तराई आन्दोलन मधेस केन्द्रित दलहरूको नियन्त्रणभन्दा बाहिर जान थालेको छ । संविधान निर्माणपश्चात् छिमेकी मुलुक भारतको सहयोग र मधेस केन्द्रित दलहरूको नेतृत्वमा हुादै आएको आन्दोलन प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा आन्दोलनरत दलका नेताहरूले सहभागिता जनाएपछि नेतृत्वविहीन र थप हिंसात्मक हुन थालेको छ । मधेसी दलहरूको नियन्त्रणमा रहेको भनिएको आन्दोलन सरकार निर्माण प्रक्रियामा मधेसी दलहरूको सहभागितासागै थप हिंसात्मक र अनियन्त्रित हुन लागेको देखिएको छ । आन्दोलनकारीहरूले गत सोमबार वीरगञ्जमा घरेलु हतियारसहित प्रदर्शन गरेका छन् । हतियारसहित आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले स्थानीयवासीहरूलाई तर्साउने र सञ्चारकर्मीहरूमाथि पनि आक्रमण गर्ने गरेका छन् । उनीहरू प्रधानमन्त्री चयन प्रक्रियामा भाग लिएको भन्दै प्रमुख मधेसी नेताहरूको पुत्ला जलाउनेदेखि आफूले समर्थन गर्दै आएको दलबाट समेत राजीनामा दिएर आन्दोलनमा उत्रिन थालेका छन् ।
मधेसमा पछिल्लो समयमा देखिएको परिस्थितिले भारतको समेत स्वार्थ लुकेको आन्दोलन अब भारतका लागि पनि प्रत्युत्पादक हुनसक्ने विज्ञहरूले विश्लेषण गर्न थालेका छन् । मधेस आन्दोलन मधेसी नेता र भारतको नियन्त्रण बाहिर गएर सञ्चालन हुने अवस्थामा तराई विखण्डनको योजना बोकेका पश्चिमाहरूको योजनामा मधेसलाई छुट्टै राज्य बनाउनुपर्छ भन्ने मिसन बोकेका सीके राउतलगायतका विखण्डनकारीको पक्षमा आन्दोलन गएको खण्डमा त्यसको असर तराईसाग जोडिएका भारतीय क्षेत्रमा पनि पर्ने पहिलेदेखि नै अनुमान गरिादै आएको थियो । नेपालको नयाा संविधानमा टाउको दुखाइरहेको भारतले आफ्ना चाहना पूरा गराउन भड्काएको आन्दोलनले नेपालसहितका भारतीय भूभागलाई समेत टुक्र्याएर छुट्टै मुलुक बनाउने योजना बोकेका बिखण्डनकारी दलालहरूको नियन्त्रणमा जाने अवस्था भएपछि भारतका लागि यो आन्दोलन थप टाउको दुखाइको विषय बन्ने निश्चित छ । यो सागै मधेसलाई आफ्नो पकेट क्षेत्र मान्ने मधेसी नेतृत्वले समेत समयमा नसोचेमा र आन्दोलन नियन्त्रण बाहिर गएमा त्यसको सबैभन्दा ठूलो नोक्सानी उनीहरूले भोग्नुपर्ने हुन्छ । हरेक पटक आफ्नो सत्ता बार्गेनिङमा मात्र मधेसी जनतालाई प्रयोग गर्दै आएका मधेसी नेताहरू यस पटक पनि आन्दोलनलाई बीचमै छोडेर सत्ताको खेलमा लागेका छन् । यसले गर्दा उनीहरूले सुरु गरेको आन्दोलन नियन्त्रण बाहिर जाने अवस्थामा एकातर्फ तराईमा सद्भाव बिग्रिने र मधेसी नेताले पकेट क्षेत्र मान्दै आएको मधेसको नियन्त्रण गुमाउनुपर्ने अवस्था सिर्जना हुनसक्छ । साथै मधेसलाई देखाएर सत्तामा पुग्ने उनीहरूको सपना पनि सदाका लागि समाप्त हुन सक्छ । त्यसैले मधेसी नेताहरू तथा स्वयं भारतले समेत समयमै सद्बुद्धिको प्रयोग गर्दै मधेस आन्दोलनलाई शान्त बनाउन आवश्यक पहलकदमी लिन आवश्यक ठान्दछन् विश्लेषकहरू ।