अनुहारमा प्वालैप्वाल बनाएर विश्व कीर्तिमान

381

२२ वर्षीय जोयल मिग्लरलाई अनुहारमा सुरुङ बनाउने लत छ । उनले बडी पियर्सिङलाई नयाा उचाइमा लैजाादै अनुहारमा मात्र ११ वटा दुलो बनाएका छन्, जसमा एक्सपान्डर लगाउादै सुरुङको आकार दिएका छन् । गालामा रहेका उनको दुईवटा दुलोको आकार त झन् ३४ मिलिमिटर ठूलो छ । अझ त्यसलाई ४० मिलिमिटरसम्म बनाउने उनको धोको छ ।
जर्मनीमा जन्मिएका मिग्लरले अहिले अनुहारमा सबैभन्दा बढी दुलो बनाउने कीर्तिमान नै राखेका छन् । आफ्नो शरीरको स्वरूप परिवर्तन गर्ने कुराको सुरुवात उनले १३ वर्षको सानो उमेरदेखि नै गरेका थिए । उनले सबैभन्दा पहिलो आफ्नो कान छेडेका थिए । त्यसपछि यो लत नै बन्दै गयो । उनले भने, ‘म आफ्नो शरीर छेडेकोमा खुसी नै हुन्थो तर पनि मलाई सधौ नयाा ठाउामा फेरि त्यस्तै गर्न मन लाग्थ्यो ।’
अनुहारमा दुलो बनाउनुबाहेक उनको शरीरभरि २७ वटा पियर्सिङ रहेको छ भने ६ वटा ट्याटु र एक इम्प्लान्ट रहेको छ । उनी आफ्नो गालाबाट पनि ललिपप खान सक्छन् ।
मिग्लर शरीर दुलो पार्नु पीडादायक भएको स्वीकार गर्छन् तर एक हप्तामा यो दु:खाइ कम हुने र फेरि अर्को ठाउा छेड्न आफूलाई मन लाग्ने उनी दावी गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here